गण्डकीका मुख्यमन्त्रीलाई कांग्रेस प्रवक्ताको पत्र : बिज्ञको सुझाब लिएर काम गर्नुस, पद आउछ जान्छ स्मृतिमा रहने कर्म गर्नुस।

तपाई कांग्रेसको संसदीय दलको नेता हो मुख्यमन्त्री सबैको
Logo
मंगलबार, आषाढ ०१, २०७८

उदयपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिलो मुख्यमन्त्री भएका गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका कृष्णचन्द्र नेपाली पोखरेललाई खुला पत्र पठाएका छन्।

आज पत्र पठाएका शर्माले प्रदेशलाई राम्रो बनाउन आग्रह गरेका छन्। सोचेर बोल्न, विज्ञका कुरा सुनेर सहि निर्णय गर्न पनि शर्माले मुख्यमन्त्री नेपालीलाई आग्रह गरेका छन्।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जसपा र एक स्वतन्त्र सांसदको सहयोगमा विपक्षी गठबन्धनबाट कांग्रेसका नेपाली मुख्यमन्त्री भएका थिए।

यस्तो छ पत्र:

श्री कृष्णचन्द्र नेपालीज्यू,

मुख्यमन्त्री गण्डकी प्रदेश।

बधाई तथा शुभकामनासहित संक्षिप्त सुझाव
अक्सिजन सकिएर पोखराको अस्पतालमा जीवन गुमाएकी सुत्केरी अनि खर्च अभावमा अस्पतालबाट निकालिएको २१ दिनको शिशुलाई बजेट निर्माण गरिरहँदा सम्झनु नै हुनेछ।

यतिबेलाको शासकीय जिम्मेवारी, राजनीतिक दायित्व अनि कर्तव्य र बाटो बुझ्न भिन्न दुई परिवारका यी दुई अनुहार पर्याप्त छन्।

समय संवेदनशील छ। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ। आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्।

हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ। तर नभुल्नोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको। प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नुहोस्।

प्रश्नलाई प्रोत्साहित र आलोचनालाई स्वागत गर्नुहोस्। तिनको प्रकाशमा रूपान्तरण निश्चित गर्नुहोस्। राजनीतिप्रतिको वितृष्णा कम गर्न तब योगदान पुग्नेछ।

गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्नुहोस्। सहि निर्णय गर्न विज्ञलाई सुन्नुहोस्। जान्नुहुन्छ नै- पद आउँछ, जान्छ तर स्मृतिमा रहन्छ कर्महरू। इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नुहोस्।

– विश्वप्रकाश शर्मा

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]