कबुलियती वन विवाद : पक्राउ परेका १६ छाडिए, माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने

Logo
बुधबार, आषाढ १६, २०७८

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा बुधबार कबुलियती वनको विषयमा भएको बिवाद उत्कर्षमा पुग्दा भएको झडप पछि प्रक्राउ परेका १६ स्थानीय रिहा भएका छन्। पक्राउ परेका १६ जनालाई दलका नेताहरुको रोहबरमा बेलुका रिहा गरिएको हो।

बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले कोशी टप्पु क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीले भोगचलन गर्दै आएको ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेहरुले आन्दोलित थिए।

कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास भएपछि स्थानीयहरु नगरपालिका घेर्न आएका थिए ।

नगरपालिका घेर्न आएका आन्दोलनकारीहरुले बेलका नगरपालिकामा ढुंगामुढा गर्न थालेपछि स्थिति तनाव ग्रस्त भएको थियो। आन्दोलनकारीले मेयरको क्याबिन सहित नगरापलिका ढुंगामुडा गरेपछि त्यसलाई रोक्न प्रहरीले २५ राउण्ड अश्रु ग्यास र १० राउण्ड हवाई फायर गरेको थियो।

नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुसार बेलका नगरपालिका ३ स्थित कोशी टप्पुको करिव १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित छन् ।

बेलका नगरपालिकाको सिफारिसमा वडा नं. ३ का केही हिस्सा नेपाल सरकार मन्त्री परिषदको गत जेष्ठ ६ गतेको बैठकले पूर्वमा पौरखी सामुदायिक वन उपभोक्ता समूह, पश्चिममा एबीसी टप्पु जाने बाटो, उत्तरमा रामपुर जाने बाटो र दक्षिणमा गिदेरी दोभान जाने बाटोसम्म १ सय ७६ दशमलव २३ हेक्टर जग्गा कबुलियत वनको नाममा बराह हर्बल एण्ड एग्रो प्रालि सुनसरी र सेफ टेक्नोलोजी प्रालि ललितपुरलाई ३० वर्षका लागि ठेक्कामा दिने निर्णय गरेको छ ।

नदी उकास जमिनलाई कबुलियती वन बनाउने निर्णयसँगै कोशी टप्पु क्षेत्रमा बसोबास गर्ने ७ सय परिवार बिस्थापित हुने भएको छ। बर्षौदेखि भोगचलन गर्दै आएका स्थानीयलाई अन्त कतै ब्यबस्थापन नगरी उनीहरुको घरबार नै उठिबास लगाउने गरि नगरपालिकाले भाडामा दिने भएको हो।

यस्तै प्रहरीले शान्तिपूर्ण विरोध कार्यक्रममा बल प्रयोग गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले विरोध गरेका छन् । नेपाली काँग्रेस बेलका नगर कमिटीका सभापपित सुशिल सेढाई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मनोज तामाङ, जनता समाजवादी पार्टीका नगर अध्यक्ष सुरेन्द्र राई, नेकपा नगर सचिव सुकदेव चौधरीद्वारा जारी विज्ञप्तीमा नगर सरकारले घटाएको घटनाको घोर भत्र्सना गरेको छ ।

राजनितिक दलका नेताहरुले बिज्ञप्ति जारि गर्दै स्थानीय सरकारबाट भएको अत्याचार प्रति आपति जनाउँदै घाइतेहरुको तुरुन्त उपचारको माग गरेका छन्। बिज्ञप्ति मार्फत उनीहरुले कबुलियती बन खारेजीसँगै समस्या समाधानका लागि अविलम्ब बार्ताको वातावरण तयार गर्न समेत स्थानिय सरकारलाई माग गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।