जंगली हात्तीको आक्रमणबाट बेलकामा एकको मृत्यु

Logo
बिहिबार, आषाढ १७, २०७८

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा जंगली हात्तिको आक्रमणबाट एकको मृत्यु भएको छ । बेलका नगरपालिका २ रामनगरका ४० बर्षिय कमल यादवको जंगलीहात्तिको आक्रमणबाट घटना स्थलमै मृत्यु भएको हो ।

गएराति १०:३० बजे गाउँमा आएको जंगली हात्ती खेदाउनेक्रममा हात्तीको आक्रमण बाट यादवको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए।

रातमा हात्तिको आक्रमणबाट यादवको मृत्यु भएको सुचना पाउना साथ प्रहरी चौकी भागलपुर बाट प्रहरी गएर घटनाको अनुसन्धान गरिरहेको प्रवक्ता गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]