क्रियाशील सदस्यता विवाद टुंग्याउन काँग्रेसमा के भयो सहमति ?

Logo
शनिबार, आषाढ १९, २०७८

काठमाडौं । नेपाली काँग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी तथा शिर्ष नेताहरुको बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएको क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।

नेपाली काँग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै बरिष्ठ नेता राम चन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै निष्पक्ष छानविनका लागि दबाब दिँदै आएको थियो ।

शुक्रबार भएको सहमतिमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनोटको प्रक्रिया हेरी क्रियाशील छानविन समितिले निर्णय गर्न सक्ने गरि मापदण्ड पनि बनाएको छ । यस्तै विभिन्न पार्टीबाट नेपाली काँग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पुरा गरेर आएको नाम स्वीकृत गर्ने सहमति भएको छ ।

प्रदेश जिल्ला र वडास्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने र सहमति हुन नसके छानविन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।

बैठकपछि क्रियाशील सदस्य छानविन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि विवादित बनेको क्रियाशील सम्बन्धि विषयले निकास पाएको बताए । यो निर्णय सँगै क्रियाशील सदस्य छानविन सम्बन्धि कुनै समस्या नरहेको र केहि दिनमा छानविनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिए ।

महाधिवेशन आउन दुई महिना भन्दा कम समय बाँकी रहेका बेला काँग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको थिएन । असारभित्र जसरी पनि क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ सक्नुपर्ने दबाबमा रहेको छानविन समितिले सदस्यता छानबिनबारे मापदण्ड बनाइदिन पार्टी पदाधिकारीलाई आग्रह गरेको थियो ।

समितिको आग्रहमा बसेको बैठकले सहमति जुटाएपछि छानविनको काम अगाडि बढ्ने बताइएको छ । काँग्रेसमा पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि अन्य पार्टीबाट आएका र नयाँ क्रियाशील सदस्यको सिफारिसमा विवाद देखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।