जनताको जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा भयो: प्रधानमन्त्री ओली

Logo
मंगलबार, आषाढ २९, २०७८

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालतको परमादेश शेरबहादुर देउवाका पक्षमा गएको बताएका छन्।

ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै भने। ‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो ।’

सर्वोच्चको परमादेशकै कारण आफूले सरकारबाट बाहिरिन लागेको उनले बताए। सरकारबाट बाहिरिँदा रत्तिभर चिन्ता नभएको ओलीको दाबी थियो।

ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रतिनिधिसभाको मुद्दामा सर्वोच्चको फैसलाले दलीय व्यवस्था बलियो भयो कि कमजोर भन्नेबारे समयले बताउने बताए। सर्वोच्च अदालतको फैसलाले के कस्तो असर पार्छ त्यो समयको सीमा परीक्षण हुने पनि उल्लेख गरे।

सिंहदरबार छाड्नु अगाडि आज देशवासीका नाममा सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसला मान्ने पनि बताए। आफ्नो नेतृत्वमा विकास, परिवर्तन र रूपान्तरण तथा जनताले राहत महसुस गरेको पनि ओलीको भनाइ छ।

कोरोनाविरूद्ध जनतालाई खोप दिइएको उनले बताए। एक करोड ३१ लाख खोपको मात्रा सुनिश्चित भइसकेको ओलीको भनाइ थियो। प्रतिकूल अवस्थामा पनि कोरोनाविरूद्ध लडाइँ लडेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]