उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मंगलबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर एक आपसमा आरोप प्रत्यारोप लगाएका छन् । मंगलबार बिहान संघका प्रथम उपाध्यक्ष रमेश रसाइलीले पत्रकार सम्मेलन गर्दै अध्यक्ष गजेन्द्र भगतलेले आर्थिक अनिमियतता गरेको भन्दै उनलाई संघको बिधान अनुसार कारवाही गरेको जानकारी दिएका थिए।
मंगलबार त्रियुगा उद्योग वाणिज्य संघमा प्रथम उपाध्यक्ष रमेश रसाइलीको अध्यक्षतामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गजेन्द्रकुमार भगतलाई बेरुजु रकम नतिरेको भन्दै तीन वर्षसम्मका लागि साधारण सदस्य नरहने गरी कारबाही गरिएको छ । संघका अध्यक्ष भगतले ३ लाख २० हजार दुई सय पाँच रुपैया बेरुजु रकम अहिलेसम्म हिसाब मिलान नगरेको हुदा तीन वर्षसम्म साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरेको आर्थिक बर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ का को लेखा परिक्षण प्रतिवेदनमा अध्यक्ष भगतको नाममा बेरेजु देखिएको छ । त्रियुगा उद्योग वाणिज्य संघको विधान परिच्छेद ४ को धारा ४.४ को खण्ड (ङ) ४ मा उल्लेखि गरिए अनुसार कार्यकारिणी समितिको कुनै पनि पदाधिकारीले संघको धनसम्पती वा नगद रकम हिनामिना गरेको वा पेश्की लिई एक आर्थिक बर्षमा फछौट नगरी अडिट प्रतिवेदन उल्लेख भई अधिकार प्राप्त व्यक्तिले प्रतिवेदनमा प्रमाणित गरी निजले सोहि आर्थिक बर्ष भित्र संघलाई तिर्नु पर्ने रकम वा जिम्मा रहेको अन्य सम्पती नतिरे नबुझाएमा त्यस्ता पदाधिकारीलाई कार्यकारिणी समितिको निर्णयले बाँकी अवधीको लागि निलम्बन गरी रकम अुसल उपरको कार्वाहि गरेमा स्वत सदस्यता समाप्ती हुने व्यवस्था रहेको छ ।
यता संघका अध्यक्ष भगतले पनि छुट्टै पत्रकार सम्मेलन गरी संस्थामा कुनै पनि रकम तिर्न र बुझाउन बाँकी नरहेको दावी गरेका छन् । उनले आर्थिक वर्ष २०७४/०७५ को रिर्पोटमा देखिएको हिसाव मिलान आर्थिक वर्ष २०७६/०७७ मा मिलान गरि सकेको जनाएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष भगतले सार्वजनिक गरेको २०७६/०७७ का को लेखा परिक्षण प्रतिवेदनमा उनको नाममा कुनै पनि बेरुजु देखिदैन। दुवै पक्षले सार्वजनिक गरेको २०७६/०७७ का को लेखा परिक्षण प्रतिवेदन आइ एम राउत एसोसियट्सले बनाएको छ। दुवै प्रतिबेदनमा आइ एम राउत एसोसियट्सका लेखा परीक्षक इश्वर मणि राउतले सिग्नेचर गरेर प्रमाणित गरेका छन्।
एक आर्थिक बर्षमा एउटै संस्थाको एकै लेखा परीक्षकले दुइ किसिमका लेखा परिक्षण प्रतिबेदन कसरि दिन मिल्छ भन्ने प्रश्नमा आइ एम राउत एसोसियट्सका लेखापरिक्षक इश्वर मणि राउतले अध्यक्ष भगतले सार्वजनिक गरेको प्रतिबेदन सच्याउन बाकी रहेको र संघका प्रथमउपाध्यक्ष रसाइले सार्वजनिक गरेको प्रतिबेदन चाहि आधिकारिक रहेको बताए।
लेखापरिक्षक राउतका अनुसार अध्यक्ष भगतलाई दिएको प्रतिबेदन अध्ययनका लागि दिइएको र त्यो अपूर्ण रहेको, त्यसमा सच्याउन बाकी रहेको छ । पहिलो प्रतिबेदन बनाउदा सिसि टिभीको एउटा बिल डवल भएर आउदा नगद हिसाब नदेखिएको हुदा त्यसलाई सच्याएर अर्को प्रतिबेदन तयार पारेर दिएको लेखापरिक्षक राउतले सोलुसन टिभी संग बताए।
यता अध्यक्ष भगत लगाएतको समूह भने लेखापरिक्षक राउतले प्रतिबेदन तयार गरि छाप हस्ताक्षर गरेर पूर्ण भएको भनेर प्रतिबेदन आफुहरुलाई दिएको बताउदै आएका छन्। “हामीले लेखा परीक्षक नियुक्ति गरेर राउतजीलाई लेखा परिक्षण गर्ने अनुमति दिएका उहाले हामीलाई प्रतिबेदन दिनु भयो। हामि संग भएको प्रतिबेदनमा हाम्रो कुनै पनि बाकि बकौता छैन।” अध्यक्ष भगतले सोलुसन टिभी संग भने।
लेखापरिक्षकको गलतिले अहिलेको अबस्था आएको हो, हामि लेखा परिक्षण सकेर साधारण सभाको पहलमा थिएउ, कोभिडका कारण स्थाकित भएको छ, हामि त्यो पनि गर्छौ संघका सचिब दिनेश श्रेष्ठले भने।
यता रसाइली पक्ष भने लेखापरिक्षक राउतले लेखा परिक्षण प्रतिबेदन तयार पार्दा उपलब्ध कागजातहरु सुरक्षित रहेको र त्यसैका आधारमा प्रतिबेदन तयार भएको बताउदै आएका छन । “लेखा परीक्षक राउतले पनि हाम्रो नै प्रतिबेदन आधिकारी हो भन्नु भएको छ, उहाहरुले कहाँ बाट कसरि अर्को प्रतिबेदन ल्याउनु भयो त्यो थाहा छैन। ” प्रथम उपाध्यक्ष रसाइले भने।
लामो समय देखि बार्षिक साधारण सभा हुन नसकेको बाणिज्य संघमा कुनै न कुनै पक्षले आर्थिक चलखेल गरेको हुन सक्ने र लेखा परीक्षक त्यसको भागिदार बनेको ब्यासायी बताउछन।