सामूहिक करणी गरेको अभियोगमा उदयपुरमा ४ युवा पक्राउ

Logo
बुधबार, आषाढ ३०, २०७८

उदयपुर । उदयपुरमा ४० वर्षीया महिलामाथि सामूहिक करणी गरेको अभियोगमा चार युवा पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थाई प्रहरी पोष्ट नेपालटारबाट संयुक्त प्रहरी टोलीले अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको हो ।

सामूहिक करणी गरेको अभियोगमा मंगलबार उदयपुरगढी गाउँपालिका–६ सिन्कौले बस्ने २३ वर्षीय मदन पुलामी मगर, २० वर्षीय सुमन थापा र सोही ठाउँ बस्ने २ जना १८ वर्षीय किशोरहरू पक्राउ परेका हुन् ।

उनीहरु विरुद्ध जबरजस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता समेत भईसकेको प्रहरीले जनाएको छ । यही असार १५ गते राति चारैैजनाले ती महिलालाई करणी गरेको खबर प्राप्त हुना साथ प्रहरी अभियुक्तको खोजीमा जुटेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]