कर छली गरि ल्याएका लाखौका समान बराबद, समान छुटाउन प्रहरीलाई २५ हजार घुस दिने मालिक पनि पक्राउ

Logo
मंगलबार, साउन ०५, २०७८

उदयपुर । उदयपुरको गाईघाटमा करछली ल्याएको अबैध कोल्ड्रिङको सामान प्रहरीले बरामद गरेको छ । आईतबार गाईघाटको त्रियुगा बसपार्क बाट ज १ च १५४६ नं को बुलेरो बाट कोल्ड्रिङका बिभिन्न पिय पदार्थ र अन्य सामाग्रीहरु सहित करिब १ लाख २० हजार ५ सय बराबरको सामाग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

गोर्खा स्ट्रङ वियर ६ कार्टन, रकस्टार वियर १२ कार्टन, दिलवाले नामक रक्सि १२ कार्टन, गोल्डेन ओके ३७५ एम एलको २४ पिस, गोल्डेन ओके १८० एम एलको ८ पिस, ८८४८- ७५० एम एलको ९ पिस, ८८४८ १८० एम एलको ३० पिस, पुकार एपल १८० एम एलको ६० पिस, माउन्टेन डिउ ७०० एम एलको ४८ पिस,  बदाम जुस १८० एम एलको ४८ पिस, फ्रुटि २०० एम एलको १२० पिस, फ्रुटि २५० एम एलको ७२ पिस,  मोटु पतलु चाउचाउ ११ कार्टन, अमृत प्लस गुड्का १३ पोका, कबिर सुर्ती ४ पोका, बिस्कुट १ काटुन, थुक्पा १ काटुन, सेन्टर फ्रुट चुइगम ३ बट्टा,आर के एप्पल १२ पिस , गोल्डेन सहारा १ कार्टन १२ पिस, भुजा १ बोरा , आलु चिप्स २ काटुन  गरी ठुलो परिणामा अबैध सामाग्री बरामद भएको हो ।

उक्त बरामद समान त्रियुगा नपा ११ बस्ने टिका बहादुर बस्नेतको भएको र बस्नेतले सामान छुटाईदिन पच्चिस हजार घुस दिएर समान लैजान खोजेको प्रहरीले जनाएको छ ।

अबैध सामान र २५ हजार घुस दिन खोज्ने वस्नेतलाई नियन्त्रणमा लिई अभद्र ब्यवहार गर्न नहुने सम्बन्धी मुद्दा दर्ता गरी  आवश्यक अनुसन्धान भईरहेको र बरामद समान ,गाडी आवश्यक कार्वाहीको लागी करादाता सेवा कार्यालय गाईघाट उदयपुर पठाईएको उदयपुरका प्रहरी नायव उपरिक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]