१ करदाता सेवाकार्यालय गाईघाटमा गत बर्षको तुलनामा ८१ लाख ६८ हजार भन्दा बढि राजस्व संकलन, गत सालको भन्दा १ दशमलब ३० प्रतिशतले वृद्धि
२ जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ मा साना ठूला दुर्घटनामा परी हाल सम्म उदयपुरमा ३८ जनाको मृत्यु, ७९ जना गम्भिर र ३०६ जना सामान्य घाइते
३ जिल्लामा ४८ खोप केन्द्र मार्फत २४ हजार ६ सय जनालाई कोरोना बिरुद्धको खोप लगाईदै, हाल सम्म जिल्लामा १३ हजार बढीलाई कोरोना बिरुद्धको खोप लगाएको जनस्वास्थ्य कार्यालय उदयपुरकको दावी
४ कोशी अस्पतालमा अक्सिजन प्लान्ट जडान, दैनिक एक सय सिलिन्डर ग्यास उत्पादन हुने, प्रदेश १ मा अनुगमन फितलो हुँदा लागु औषध बोक्न एम्बुलेन्स प्रयोग
५ प्रदेश सरकारलाई प्राप्त खोप शनिबारदेखि सबै जिल्लाहरूमा वितरण थालिएकाले सोमबारदेखि प्रदेशका सम्पूर्ण जिल्लामा खोप लगाउने कार्य सुरु, बुझेकाले नैे अटेर गरेर लाइन मिच्दा कोरोना विरूद्धको खोप लगाउनेको भीड
६ नेपाली कांग्रेसका क्रियाशील सदस्यको संख्या विगतको भन्दा दोब्बरले बढी, कियाशील सदस्यको संख्या पुग्यो आठ लाख ५२ हजार सात सय ११
७ प्रधानमन्त्रि शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालबिच भेटवार्ता, भेटवार्तामा मन्त्रि परिषद विस्तार र संचालनका विषयमा कुराकानी, प्रचण्डले माओवादी कोटाबाट मन्त्री बन्नेको लिष्ट देउवालाई बुझाएको स्रोतको दाबी
८ मन्त्रिपरिषद् बैठकमा प्रदेश प्रमुख हेरफेरको बिषयमा छलफल, सरकारले प्रदेश २, गण्डकी र लुम्बिनीमा प्रदेश प्रमुख फेर्ने तयारी, ओलीले हटाएका माओबादीलाई पुनस्र्थापना गरिने
९ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको संघीयता खारेजी र धर्म निरपेक्षता सम्बन्धी गैरसंवैधानिक अभिव्यक्ति भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर , गैरराजनैतिक , सामाजिक सद्भाव भड्कउने र राष्ट्रियता विरोधी अभिव्यक्ति भएको टिप्पणी, नेताहरुको संकुचित सोचले संघीयतालाई बदनाम गर्ने दुस्कार्य भइरहेको दाबी
१० जर्बजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत, संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि पाए सफाइ
११ केही दिनयता सामान्य अवस्थामा पनि छिनछिनमै विद्युत् कटौती, गर्मी मौसममा लगालग विद्युत् अवरुद्ध हुदा उपभोक्ता हैरान, विद्युत् आउनेजाने हुदा विद्युतीय उपकरणमा समेत समस्या देखिन थालेको उपभोक्ताको गुनासो
१२ ३० वर्षमा अहिलेसम्म राज्यले डेढ लाख सुकुम्बासीलाई मात्र जग्गा वितरण, एउटै जिल्लामा १ लाख सुकुम्बासीको निवेदन पर्दा थप अहिले बनेको आयोगमा ११ लाख ८० हजार परिवारले दिए निवेदन
१३ स्वास्थ्य मन्त्रालयबाटै आउदैन पर्याप्त बजेट, पालिकाले बेवास्ता गर्दा निःशुल्क औषधि पाउदैनन् बिरामीले, निजी फार्मेसीमै किन्नुपर्ने बाध्यता
१४ इजरायल जान इच्छुक कामदारसंग २१ दिन भित्र आवेदन माग, तत्काल १ हजार जना लगिने, १ लाख ६५ हजार लागत खर्चमा न्यूनतम तलब १६ सय डलर हुने
र
१५ अमेरिकाले बगदाद विमानस्थलमा इरानी जनरल कासिम सुलेमानीको हत्या गरेपछि इराकमा अमेरिकी सैनिक उपस्थितीलाई लिएर दुई छिमेकी देशबीच तनाव , राष्ट्रपति जो बाइडेनद्धारा डिसेम्बरभित्र इराकबाट अमेरिकी सबै सैनिक फिर्ता हुने घोषणा