पूर्वमाओबादीको बिलाप : ‘माओवादीमा छैनौँ, एमाले भएनौँ, हामी कहाँ जाने ?’(भिडियो)

Logo
अनिता कार्की बिहिबार, साउन १४, २०७८

१ चौदण्डीगढीमा २७ सय भन्दा बढी नागरीकले लगाए चिनबाट ल्याइएको भेरोसेल खोप, ११ र १२ गते सञ्चालन गरीएको खोप कार्यक्रममा १ हजार ३९३ महिला र १ हजार ३२८ पुरुष गरी २ हजार ७२१ जनाले लगाए कोरोना विरुद्धको खोप

२ पुनर्बहालीको माग गर्दै ’पूर्वमाओवादी’ सांसदले दिए सर्वोच्चमा रिट, केपी ओलीलाई समर्थन गरेपछि पार्टीले सांसद पदबाट हटाए संगै चारैजना पूर्व सांसदद्धारा आफूलाई अवैधानिक रुपमा पार्टीले हटाएको भन्दै अदालतमा निवेदन पेश

३ राष्ट्रियसभा सदस्य रामनारायण बिडारीद्धारा केपी ओली नेतृत्वको सरकारले कमजोर मुद्दा लगाउदा बिजय गच्छदार जेलमुक्त भएको आरोप, अहिलेको सरकार आउनासाथ गच्छदार छुटेको भनी प्रतिपक्षी नेकपा एमालेले गरिरहेको टिप्पणीप्रति आक्रोश

४ सत्तारूढ नेकपा माओवादीका अध्यक्ष प्रचण्डको हस्ताक्षर, पार्टीको लेटरप्याड र छाप दुरुपयोग प्रति पार्टीको कडा आपत्ति, त्यस्ता कार्यमा संलग्नमाथि कडा कारवाही गर्न माग

५ पूर्वमाओवादीका नेताको गुनासो, माओवादीले हटाइदियो, सर्वोच्चले एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिएन, निर्वाचन आयोगमा हामी एमाले हो भन्ने प्रमाण छैन, हामी कहाँ जाने

६ सरकारलाई तत्कालै पूर्णता दिन सत्तारुढ गठबन्धनमा सहमति, राजनीतिक नियुक्ति गर्न मापदण्ड बनाइने

७ भाषा परीक्षा पास गरेकालाई छिटो लैजान कोरियासँग अर्थमन्त्री शर्माको आग्रह, राजदूतलाई प्रश्न गर्दै भने ईपीएस पास भएकाहरू कहिले कोरिया जान पाउँछन ?

८ जुम्लाका आठवटै स्थानीय तहको एक अर्ब बजेट फ्रिज, पुजीगततर्फको कूल विनियोजित बजेटमध्ये रु ८३ करोड ५९ लाख ३० हजार अर्थात् ३६ प्रतिशत बजेट खर्च हुन नसकेर राज्य कोषमा फिर्ता

९ गण्डकी प्रदेशमा नया सरकार गठन गर्ने बेलामा साना दलसंग भएको सहमतिअनुसार मन्त्रिपरिषद्को निर्णयबाट १० प्रतिशत थ्रेस होल्ड हटाउने निर्णय, जसपा र जनमोर्चा लाभान्वित

१० सात लाख व्यक्ति सवारी ट्रायल परीक्षा कुर्दै,स्मार्ट लाइसेन्स छपाइ पनि बन्द, हाल त्रिवि, लोक सेवा लगायतका परीक्षा भौतिक रुपमै सञ्चालन गर्न दिइएकाले सवारीको ट्रायल परीक्षा सञ्चालन गर्न पनि सरकारले अनुमति दिनुपर्ने माग

११ सिरहामा आर्थिक वर्ष २०७७–७८ मा एक हजार ९१३ नया उद्योग दर्ता दर्ता भएका मध्ये सबै भन्दा बढी कृषि तथा वन्यजन तर्फ एक हजार १२२, सेवा उद्योगतर्फ ६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयको दाबी

१२ कक्षा १२ का विद्यार्थीलाई कोरोना विरूद्धको खोप लगाउन समितिको सुझाव, परीक्षाअघि कक्षा १२ का विद्यार्थीलाई कोरोना खोप उपलब्ध गराउन सरकारलाई शिक्षा समितिको निर्देशन

१३ गुल्मीमा जिप दुर्घटना हुदा तीन जनाको घटना स्थलमै मृत्यु, मृतक सबैको सनाखत चारजना गम्भीर घाइते

१४ २० ठूला करदाताले पँच वर्षदेखि बुझाएनन ७० करोड बढी राजस्व, १५ दिनभित्र बुझाइसक्न महानगरको ताकेता

१५ विश्वमा एकै दिन थपिए साढे पँच लाख कोरोना संक्रमित यसैबीच विश्वभर पछिल्लो २४ घण्टामा ९ हजार २६२ जना कोरोना संक्रमितको मृत्यु, श्रीलंकामा विश्वकै ठूलो नीलम रत्न फेला, मूल्य १२ अर्ब रुपैया

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।