सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै उखु किसान फेरी काठमाडौमा

Logo
बिहिबार, साउन १४, २०७८

१ बिभिन्न समय जिल्ला अदालत उदयपुरबाट कैद सजाय तथा जरिवाना सुनाइएपछि फरार भएका तीन जना प्रहरी नियन्त्रणमा, उदयपुरमा बहुबिवाह गरी भागेको एक जोडी काठमाडौंमा पक्राउ

२ उदयपुरमा चोरी भएका १० मोवाईल सम्बन्धित व्यक्तिलाई फिर्ता, आफूले माया मारीसकेको सामान फेला परी हात पर्दा पीडित सर्वसाधरण खुसी

३ त्रियुगा नगरपालिकामा ७ हजार बढीले लगाए कोरोना बिरुद्धको खोप, पहिलो दिन २ हजार बढी दोस्रो दिन ३ र तेस्रो दिन २ हजार बढीले लगाए खोप

४ सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै उखु किसान फेरी काठमाडौमा, चिनि मिलबाट अझै १५ करोड भुक्तानी नपाएपछि सरकारलाई दवाव दिन काठमाडौं आउनु परेको उखु किसान संघर्ष समितिको भनाई

५ प्रधानमन्त्री एक्लैले गरेर नहुने भन्दै प्रधानमन्त्री देउवालाई पुर्व प्रधानमन्त्री नेपालको सुझाव, काबिल, समर्पित र सिर्जनात्मक सक्षम टिम चयन गर्न आग्रह

६ माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेता पुर्नवहाली गर्न माग गर्दै दायर गरेको मुद्दा आज ‘हेर्न नभ्याइने’ मा राखियो, फैसला भोली आउन सक्ने

७ माओवादीका पूर्वलडाकु र पूर्वसेनाको नेतृत्वमा लुटपाट आतंक, अत्याधुनीक हतियार सहित ६ जना पक्राउ

८ नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाद्धारा संवैधानिक सीमाभित्र महाधिवेशन नगरे कांग्रेसले वैधानिकता गुमाउने निश्चित भएको टिप्पणी, महाधिवेशनको प्रक्रिया अविलम्ब सुचारु गर्न माग

९ आज विश्व बाघ दिवस संरक्षणसँगै मानवीय क्षतिको चुनौती, राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धता बमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त

१० नेपालमा हालसम्म ५४ हजार बालबालिकामा कोरोना संक्रमण पुष्टि, कोरोनाको पहिलो लहरबाट ३८ जना र दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु, विज्ञहरुका अनुसार तेस्रो लहरमा बालबालिकाहरु कोरोना संक्रमणबाट बढी प्रभावित हुने

११ बङ्गलादेशबाट जिटुजी मार्फत खरिद गरिएको सम्झौताअनुसार ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुग्यो, कतिपय बिक्रेताले विभिन्न बाहना बनाएर किसानसंग चर्को मूल्यमा मल बेचेर कालोबजारी गर्ने गरेको किसानको आरोप

१२ कोरोना फेरी बढ्न थालेकाले सावधानी अपनाउन बिज्ञहरुको आग्रह, अस्पतालहरुमा अक्सिजन लगायत अरु पुर्वाधारको व्यवस्था संगै सबै नाकाहरुमा परिक्षण बढाउन र खोप अभियानलाई व्यापक बनाउन सुझाव

१३ कोभिड सङक्रमण उच्च रहेको झापाका १० पालिका शिल, बाँकी ५ पालिकामा शिल गर्ने बारेमा स्थानिय जनप्रतिनिधिहरुले सोच विचार गर्दै, शिलको अवधीमा अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द

१४ टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलमा समूह ’डी’ अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३–१ ले पराजित गर्दै ब्राजिल समूह विजेताका रुपमा अन्तिम ८ मा, जर्मनी, फ्रान्स र अर्जेन्टिना बाहिरिए

१५ जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपीए, दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि जापान राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय, ब्राजिलमा कोभिडबाट एक दिनमै १ हजार ३४४ जनाको मृत्यु

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry