कोरोना बिरुद्धको खोप वितरण उदयपुरमा पहुचको भरमा

आर्थिक बर्ष २०७७÷७८ मा उदयपुरमा २० हजार बढी सवारी कार्वाहीमा
Logo
अनिता कार्की शनिबार, साउन १६, २०७८

१ जिल्ला प्रहरी कार्यलय उदयपुरमा आफ्नालाई बोलाई बोलाई कोभिड १९ विरुद्धको खोप, एउटैलाई २५ जना सम्मको खोप कार्ड, पहुँच नहुनेलाई गेटमै रोक

२ आर्थिक बर्ष २०७७÷७८ मा उदयपुरमा २० हजार बढी सवारी कार्वाहीमा, १ करोड २६ लाख बढी राजश्व संकलन, कोरोना संक्रमणका कारण सवारी चेकजाँचमा कठिनाई भएको ट्राफिक प्रहरीको भनाई

३ विवादित सोलु करिडोर १३२ केभी सर्टिक प्रशारण लाइनको टावर गाड्ने क्रममा प्रहरी र स्थानीयबीच घम्साघम्सि, धान खेतमा विद्युत प्रशारण लाइनको टावर निर्माणको लागि खाल्डो खन्दै गरेको देखेपछि उचित मुआब्जाको माग गर्दै आएका स्थानिय थप आन्दोलित

४ होटेलमा खोप लुकाएको आरोपमा पक्राउ परेका स्वास्थ्य शाखा प्रमुख ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिए पनि बिना कारबाही राति नै छाडिदिदा विरोधमा स्थानीय सरोकारवाला, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारवाही गर्न नेकपा माओवादी केन्द्रको माग

५ पूर्वयुवराज पारस शाहद्वारा महाराजगञ्जमा ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार, हेलमेट नलगाएको र मादक पदार्थसमेत सेवन गरेकाले प्रहरीद्धारा शाहलाई नियन्त्रणमा लिन खोज्दा पर्यो घम्साघम्सी

६ ओलीले फेरि गरे राम नेपालमै जन्मिएको दावी, इतिहासको कुनै तथ्यले पनि राम नेपालमा जन्मिएको तथ्य काट्न नसक्ने जिकिर

७ भाइ भनेको भारतले भन्यो नेपाल सुखदुःखको साथी, नेपाल छिमेकी मात्र नभएर सामाजिक ब्याबहारमा पनि सहयात्री

८ घोषणामै आनन्दित नरहि खोप पनि ल्याउन प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह, आश्वासन दिने तर कार्यन्वयन नगर्ने नेपाली नेताको बानीलाई सुधार्नु पर्नेमा जोड

९ तल्लो तहका प्रहरीका लागि लाभदायक हुने प्रहरी नियमावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा, कार्यालय सहयोगी एवं फालोर्स लगायत श्रेणी विहीनलाई एकतहदेखि चौथोतहसम्म पदोन्नतिको ब्यवस्था

१० कोरोनाविरुद्ध खोपको दोस्रो डोज कांग्रेसका नेता प्रकाशमान सिंहको माग, कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनीद्धारा त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

११ भारतसँग सीमा जोडिएका क्षेत्रका जनताको सुरक्षाको ग्यारेन्टी गर्न संयुक्त विद्यार्थी संगठनको माग, भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारबाही गर्न जोड

१२ लुम्बिनीका ३ मन्त्रीको सांसद पद खारेज, सरकार अल्पमतमा, मुख्यमन्त्री पोखरेलको राजीनामा आइतबारसम्म पनि नआए प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्ने र अविश्वास प्रस्ताव ल्याउने विपक्षीको तयारी

१३ बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा, मुख्यमन्त्री मौन, ओली भेट्न प्रदेश प्रमुख काठमाडौँमा, पछिल्लो समय केन्द्र सरकारमा सत्ता समीकरण बदलिएसँगै एमालेको माधव पक्षद्धारा सरकारको नेतृत्व आफ्नो पक्षले गर्न पाउनुपर्ने माग राख्दै ओली पक्षलाई दबाब

१४ जापानको राजधानी टोक्योमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन अग्र स्थानमा, चीनले अहिलेसम्म २० स्वर्ण, १२ रजत र ११ कास्य पदक जित्न सफल, पदक तालिकामा शनिबारसम्म १७ स्वर्ण, चार रजत र सात कास्य पदक जितेको आयोजक जापान दोस्रो स्थानमा

१५ विश्वमा कोरोना संक्रमण दर फेरि बढ्यो‚ एकै दिन ६ लाख २९ हजार संक्रमित, यस्तै यो अवधिमा कुल ९ हजार १३८ जनाले ज्यान गुमाउदा विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ लाख २३ हजार पुग्यो

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।