त्रियुगा नगरपालिका–२ खैजनपुरमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

उदयपुरको कटारीस्थित मरुवामा सोलु करिडोरको टावर राख्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप, ५ जना घाइते
Logo
अनिता कार्की आइतबार, साउन १७, २०७८

१ त्रियुगा नगरपालिका–२ खैजनपुरमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु, सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गरियो गाउँ सिल

२ उदयपुरको कटारीस्थित मरुवामा सोलु करिडोरको टावर राख्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप, ५ जना घाइते, मरुवास्थित विद्यालयमा राखिएको अस्थायी प्रहरी बसोबास तत्काल हटाउनु पर्ने आन्दोलनरत पक्षको माग

३ आर्थिक बर्ष २०७७÷०७८ मा भएको बिभिन्न साना तथा ठुला ३०१ सवारी दुर्घटनामा परी ३८ जनाको मृत्यु, ७८ गम्भिर घाइते, जिल्ला ट्राफिक कर्यालय उदयपुरको तथ्याँङक अनुसार सबै भन्दा बढी सवारी दुर्घटना बैशाख महिनामा ४५ ओटा र सबै भन्दा कम साउन महिनामा ६ ओटा मात्र

४ कोरोना संक्रमणबाट ओखलढुङ्गामा थप दुईजनाको मृत्यु, बिर्तामोड खोपकाण्डबारे छानबिन गर्न समिति गठन, दोषीमाथि कारबाही गर्न चौतर्फी दबाब

५ प्रदेश १ मा थप ८०४ जनामा कोरोना संक्रमण पुष्टि, ४३१ संक्रमणमुक्त हुदाँ ६ जनाको मृत्यु, मन्त्रालयका अनुसार हालसम्म प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८५ पुग्यो

६ कोरोना संक्रमण फेरी बढ्न थाले संगै अस्पतालहरुमा संक्रमितको चाप बढ्यो, बढ्दो संक्रमणका कारण २ ३ हप्तामै जटिल समस्या आउन सक्ने चिकित्सकहरुको चेतावनी

७ नेपाललाई लोडसेडिंग मुक्त गराएर उज्यालो नेपालको नायकको उपाधी पाएका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी, घिसिङलाई प्राधिकरण वार्षिकोत्सवको औपचारिक कार्यक्रम सकिएलगत्तै पुनः जिम्मेवारी दिने गरी काम अघि बढेको खुलासा

८ नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न बोर्डका कर्मचारी संगठनद्धारा माग, बोर्ड अध्यक्षले बोर्ड आचारसंहिता विपरित छोरीको नाममा सेयर किनेको भन्दै चर्को विरोध, कतिपयले बोर्ड अध्यक्षले ‘गोल्डेन सेयर’ लिएको समेत लगाए आरोप

९ दोषीमाथि कारबाही र पीडित पक्षलाई राहत माग गर्दै दार्चुलाका जनप्रतिनिधिले भेटे गृहमन्त्रीलाई, तुइन तर्ने क्रममा शुक्रबार भएको घटनाबारे गृहमन्त्री खाणको ध्यानाकर्षण

१० पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई लाल गद्दार भन्दै उनकै गृहजिल्ला रौतहटमा विशाल जनप्रदर्शन, देशमा व्याप्त दुराचार, भ्रष्टाचार एवं बेथितीका विरुद्ध जनचेतना फैलाउनु पनि मोटरसाइकल ¥यालीको उद्देश्य भएको आइटी आर्मीको भनाई

११ कोरोना जोखिमकै बीच भौतिक रूपमा उपस्थित गराएर परीक्षा सञ्चालन हुन लागेकोले विद्यार्थीलाई कोरोनाविरूद्ध खोप लगाउन नेपाल विद्यार्थी संघद्धारा माग, परीक्षा केन्द्रहरूमा पूर्ण रूपमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गर्न तथा गराउन पनि नेविसंघको आग्रह

१२ विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा सन् १९९० देखि हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाइँदै, बालबालिकाका लागि स्तनपानको महत्वबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैे दिवस सुरु

१३ सिन्धुपाल्चोकको मेलम्ची नदीमा गएराति बाढी आउँदा रेडियो मेलम्चीको भवनसहित हेलम्बु र मेलम्ची बजारका १५ वटा घर बगायो, हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएर नदी थुनिएको कारण बाढी आएको हुनसक्ने अनुमान

१४ टोकियो ओलम्पिकको पुरुष फुटबलको सेमिफाइनल समीकरण पुरा, जापानले पेनाल्टी सुटआउटमा न्यूजिल्यञाण्डलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा, स्पेनद्धारा आइभरी कोष्टलाई ५–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का, फाइनल प्रवेशका लागि अब जापान र स्पेन भिड्ने

१५ अफगानिस्तान सैनिकको नियन्त्रणमा रहेका प्रमुख तीन शहर तालिबान समूहले कब्जामा लिन खोजेपछि दुईपक्षीय भिडन्त, अफगानिस्तानको विमानस्थलमा गय राति हानियो रकेट, धावनमार्गमा क्षति

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry