मालपोत कार्यालय उदयपुरका १ कर्मचारीमा कोरोना पुष्टि

सभा,जुलुस गरे कानुन अनुसार कडा कारबाही गर्ने चेतावनी
Logo
अनिता कार्की मंगलबार, साउन १९, २०७८

१ मालपोत कार्यालय उदयपुरका १ कर्मचारीमा कोरोना पुष्टि, कर्मचारी र सेवाग्राहिहरुमा थप संक्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालयको सम्पूर्ण काम कार्वाही ठप्प

२ सोलु करिडोर प्रशारण लाईनको रुटमा पर्ने उदयपुरको कटारी खण्डको विवाद अन्त्य गर्नको लागि १० बुँदे सहमति, सहमति कार्यन्वयन भए संघर्ष समितिले ‘आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता गर्र्ने

३ खोटाङ खार्पास्थित रावा क्याम्पस खार्पा परिक्षा केन्द्रबाट बिएड प्रथम वर्षको परिक्षा दिँदै गरेका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका ४६ वर्षीय शिवराज राई कोठामा मृत फेला, तीन वटा विषयको परीक्षा दिइसकेका राई उच्च रक्तचापको औषधी खाइरहेको भेटिएको खुलासा

४ लिज सम्झौतामा उल्लेख भएको चिया बगानहरुबाट स्थानीय सरकारलाई बुझाउनुपर्ने कर साउन मसान्तसम्म अनिवार्य रुपमा बुझाउन नेपाल चिया विकास निगम लिमिटेडलाई पत्रचार गर्ने निर्णय, निजी क्षेत्रले व्यवस्थापन गर्नुको सट्टा झन–झन् बिजोक बनाउन थालेपछि निजीकरण गरिएको सरकारी चिया बगान र उद्योग फिर्ता गर्न स्थानीय सरकारको माग

५ उपचारका क्रममा एक वृद्धको मृत्यु भएपछि बिराटनगरको गोल्डेन अस्पताल तोडफोडका साथै कर्मचारीमाथि कुटपिट, कुटपिट र तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेर घटनाका बारेमा थप अनुसन्धान सुरु, मृतकका आफन्तद्धारा शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग

६ पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि, यसै अवधिमा चार महिला सहित ११ जनाको मृत्यु, ८३४ जना सङ्क्रमणमुक्त

७ सरकारले बनाएको वार्ता टोलीले सोमबार प्रत्यक्षदर्शीलाई दार्चुलाको सदरमुकाम खलंगा बोलाएपछि भारतीय सुरक्षा फौज एसएसबीद्धारा बयान फेर्न दबाब दिएको खुलासा, प्रतिनिधिसभाको सांसदहरुको चौतर्फि विरोधपछि गृहमन्त्री बालकृष्ण खाँणले छानबिन समितिको प्रतिवेदनपछि सरकारले जस्तोसुकै कदम चाल्ने घोषणा

८ माधव नेपालले बोलाए केन्द्रीय कमिटीको बैठक, नेकपा एमाले बिभाजन गर्ने वा एकता गर्ने भन्ने बिषयमा निर्णय हुने

९ कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउन उर्जा मन्त्री पम्फा भुसाललाई प्रधानमन्त्री देउवाको निर्देशन, प्राधिकरणको सुधार र जनताको चाहनाअनुसार घिसिङलाई जिम्मेवारी दिने प्रक्रिया थाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय द्वारा जानकारी

१० राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा वैशाख यता प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण सार्वजनिक, उक्त अवधिमा विभिन्न घटनामा परी १ सय ५३ जनाको मृत्यु, ६४ करोड, १३ लाख, २१ हजार ९ सय ४२ रुपैयाँ अनुमानित क्षति

११ लुम्बिनी प्रदेश सभासदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको माओवादी केन्द्रको आरोप, तत्काल विमलाको स्थिति सार्वजनिक गर्न र उनको जीवन रक्षा गर्न माग, घटनाको गृह मन्त्रालयमार्फत उच्चस्तरीय छानबिन गर्न सरकारसँग आग्रह

१२ जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा निषेधाज्ञा तोडेर सभा,जुलुस गरेको पाइएमा कानुन अनुसार कडा कारबाही गर्ने चेतावनी, सबैले सामाजिक दूरी कायम गरि मास्क लगायत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह

१३ नेपाल प्रहरीद्धारा संयुक्त राष्ट्रसंघको युएन मिसन छनोट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको आशङ्का, प्रश्नपत्र बनाउनेलाई नै छानबिनको जिम्मा

१४ नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट ट्विटर मार्फत सन्यासको घोषणा, आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिए पनि नेपाली क्रिकेटमा भने आफ्नो सपना अझै बामे सर्दै गरेको उल्लेख

१५ विश्वमा गत २४ घण्टामा ४ लाख ६५ हजारभन्दा बढी संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १९ करोड ९५ लाख ४५ हजार पुग्यो, एक करोड ५२ लाख ७७ हजार सक्रिय संक्रमितमध्ये ९१ हजार ५४३ जनाको अवस्था गम्भीर

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।