चट्याङ लागेर उदयपुरमा एकै कृषकको ७ ओटा बाख्रा मरे

Logo
आइतबार, साउन ३१, २०७८

उदयपुरमा चट्याङ लागेर ७ ओटा बाख्रा मरेका छन । चौदण्डीगढी नगरपालिका ८ सिद्धिपुर स्थित नगेन्द्र राईका ७ ओटा बाख्रा चर्दै गरेका ठाउमा चट्याङ लाग्दा मरेका हुन् । शुक्रबार जंगलमा चराउन लैजाने क्रममा अविरल बर्षा सँगै परेको चट्याङले ७ ओटा बाख्रा एकै पटकमा मरेपछि कृषक राई रुनु न हास्नु भएका छन्।

राईले एकै पटक ७ ओटा बाख्रा मारेपछि आफ्नो पशु व्यवसायमा ठुलो घाटा पुगेको बताए । उनले यस घाटामा सम्बन्धित निकाय र स्थानीय सरकारले राहत सहयोग गर्न आग्रह गरेका छन्।

कूल १९ वटा खसी बाख्रामध्ये ७ वटा ब्याउने माउबाख्रा लाई एक्कासी परेको चट्याङ लागेर मरेको कृषक राईले बताए । उक्त घटनाबाट अन्दाजी १ लाख बरावरको क्षती पुगेको कृषक राई बताउछन।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]