जिल्लाका शिर्ष तहका नेता बाट नै कांग्रेस उदयपुरलाई दुई धारमा देखाउने प्रयास

Logo
खेमराज दाहाल बिहिबार, भाद्र २४, २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उदयपुर जिल्लाका ७५ वटै वडा अधिवेशन सम्पन्न भएको छ। ७५ वडा मध्ये एक दर्जन वडा छाडेर बाकि सबै वडामा सर्वसम्मत नेतृत्व चुनियो। सदरमुकामा नजिकका वडामा भने जिल्ला हाक्दै गरेका नेतृत्व सहितको संलग्नतामा कांग्रेसलाई दुई धार बनाएर निर्वाचन मार्फत नेतृत्व चुनियो।

नजिक आउदै गरेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्लाका अधिकांश वडाले सर्वसम्मत नेतृत्व चयन गरे भने जिल्ला सदरमुकाम नजिकका वडामा भने शिर्ष नेतृत्वकै संलग्नतामा निर्वाचन गराएर कांग्रेस दुई धारमा रहेको संदेश दिए।

त्रियुगा नगरपालिका वडा नं ८ मा सभापति बाहेकमा सर्वसम्मत गर्ने प्रयास भए पनि पछि विवाद आयो। सभापति पदका लागि भएको निर्वाचन पछि मतगणनामा पनि विवाद आयो। जसले लोकतान्त्रिक पार्टीको मूल्य मान्यतामा समेत प्रश्न उठायो।

उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिका वडा नं ११ मा कांग्रेसलाई दुई धार हुन नदिन अनेक प्रयत्न भए। तर अन्तिममा गएर स्पष्ट दुई धारमा देखियो। एक अर्कालाई सिध्याउने चक्करमा देखिएका छन वडा नं ११ का प्रतिनिधिहरु।

कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भदौ २७ गते नगर र गाउ पालिकाको अधिबेशन हुदै छ। त्रियुगा नगर सभापतिका लागि दुई जनाले उम्मेद्वारी दिएका छन्। त्रियुगा वडा नं १० का वडा अध्यक्ष प्रकाश खड्का हुन् भने अर्को नेपाली कांग्रेस त्रियुगा नगरपालिका कार्यसमितिका सचिव सुमन चौधरी हुन्।

नगर सभापतिका लागि दावी गरेका दुवै उम्मेदवार आफ्नो आफ्नो क्षेत्रमा अब्बल छन्। त्यस पदमा पुगे त्यस पदको गरिमालाई उचाईमा पुर्याउने बिषयमा दुवै नेतामा गुण छ तर त्यति हुदा हुदै पनि शिर्ष नेताहरु सहभागी भएर उनीहरुको क्षमताका आधारमा भन्दा गुट बनाएर जिताउने पक्षमा लागेका छन्।

प्रकाश खड्काले त्रियुगा नगर सभापतिको उम्मेद्वारी घोषणा गर्दा बर्तमान जिल्ला सभापतिलाई नबोलाई पूर्व सभापति तथा १४औं महाधिवेशनका जिल्ला सभापतिका प्रत्यासी हिमाल कार्कीलाई प्रमुख अतिथि बनाए । हिमाल कार्कीलाई प्रमुख अतिथि बनाउनु मुख्य कुरा हैन हिमाल र बर्तमान सभापति बिदुर बस्नेत् दुवैलाई बोलाएर आफु त्रियुगा नगरपालिका कांग्रेस कार्यसमितिको साझा उम्मेद्वार हु भनेर संदेश दिएको भए अझ कांग्रेस कार्यकर्तामा उत्साह थपिने थियो। खड्काले आयोजना गरेको घोषणा सभामा बोल्दै कांग्रेस नेता सुमन्त कोइरालाले कांग्रेस दुई धारमा भएको र खड्कालाई हराउन चुनौती दिए।

नजिकिदै गरेको स्थानीय निर्वाचनलाई मध्ये नजर गर्दै वडामा सर्वसम्मत गरेर कांग्रेसलाई एक बनाएर लैजाने प्रयासमा लागेका कांग्रेसी हरुको जिल्लाका शिर्ष नेताहरुकै कारण कांग्रेस दुई धारमा देखिदा आउने चुनावमा फेरी पार्टी भित्रको अन्तर्घातले गिजोल्न सक्ने देखाएको छ। यसमा शिर्ष नेताहरु संबेदनशिल हुनु पर्नेमा अझ त्यसलाई मलजल गर्न तर्फ अग्रसर देखिदा भावी पुस्ताले समेत यसको भारि बोक्नु पर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]