राजनीतिक तुलोमा सुमन चौधरी र प्रकाश खड्का , खड्का भन्दा चौधरी अगाडी

Logo
बिहिबार, आश्विन ०७, २०७८

राजनीतिलाई सधै सम्भावानाको खेल भन्ने गरिन्छ। राजनीति प्राय कहिले सरल रेखामा नहिड्ने बिषय हो। राजनीतिमा प्राय राजनीतिका छिण हरु मार्फत कुनै पनि राजनीतिक उतार चढावको सम्भावनाहरु भै रहन्छन त्यसैले राजनीतिलाई सम्भावनाको खेल मानिन्छ।

जव एक राजनीतिक ब्याक्ति गेम प्लान अनुसार समूह बनाएर राजनीतिमा होमिन्छ भने उसले अनपेक्षित परिणाम ल्याउन सक्छ। त्यही गेम प्लान अनुसार पार्टीका आन्तरिक निर्वाचन हरु हुने गर्दछन।

पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै पार्टी भित्रका व्यक्ति बीच प्रतिस्पर्धी हुन्छन। आफ्ना प्रतिस्पर्धीका कमजोरी भन्दा आफ्ना सवल पक्षलाई कार्यकर्ता कहाँ राखेर आकर्षित गर्न सके मात्र त्यो नेतृत्व सफल राजनीतिज्ञ ठहरिन्छ।

प्रतिस्पर्धीमा आफ्नो प्रतिस्प्रधीलाई कमजोर ठानेर खिसी टिउरी गरे राजनीतिले कुनै पनि बेला आफ्नो बक्र रेखालाई प्रयोग गरेर राजनीतिक परिणाम उल्टाई दिने गर्दछ।

कांग्रेसको १४ औं माहाधिबेसन अन्तरगत उदयपुरको त्रियुगा नगरपालिकामा त्रियुगा नगर सभापतिको पदका लागि हुने प्रतिस्पर्धामा एक दमै रोमाञ्चित हुने आकलन हुन थालेको छ। राजनीति सम्भावनाको खेल भने झैँ त्रियुगा नगरपालिकाको परिणाम अनेपेक्षीत हुने देखिएको छ।

आफ्नो आफ्नो गेम प्लान आनुसार दुवै समूह राजनीतिमा होमिएका छन्। तुलानात्मक रुपमा एक समुहले अर्को समुहलाई कमजोर ठानेको भएपनि दोस्रो पक्षको कमजोरी देखाउने चक्करमा एक पक्षले आफ्नो सवल पक्षलाई नै कार्यकर्ता सामु नदेखाएको केहि कार्यकर्ताको बुझाई छ।

कुनै पनि एक ब्याक्ति नेता बन्नका लागि उसका पछाडी कार्यकर्ता सुभेच्छुक वा आम नागरिक हुन् जरुरि छ। कसैले आफुले आफुलाई र दुई जना समर्थकले नेता माने भनेर आफुलाई स्वघोषित नेता मान्छ भने उसले राजनीतिको बक्र रेखालाई बुझेको नै छैन।

नेपाली कांग्रेसको त्रियुगा नगरपालिकामा प्रकाश खड्का र सुमन चौधरी बीच हुने प्रतिस्पर्धा सिधा सरल रेखा मार्फत नदेखिएर बक्र रेखा मार्फत देखिएका कारण प्रकाश खड्का समुहले सामान्य लिएको सुमन चौधरीको समूह बलियो देखिदै गएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।