कांग्रेस त्रियुगामा अब्बल नेतृत्व

Logo
आइतबार, आश्विन १०, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट उदयपुर जिल्लाका ८ पालिकाको नेतृत्व चयन भएका छन ।

लोकतान्त्रिक विधि मार्फत गरिने नेतृत्व चयनमा कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले आफ्नो मत प्रयोग गरेर पालिकाहरुमा संगठनलाई बलियो बनाउदै परिबर्तित आधुनिक कांग्रेस निर्माण गर्ने अब्बल नेतृत्व चयन गरेका हुन ।

उदयपुर जिल्लाको सदरमुकाम रहेको त्रियुगा नगरपालिकामा प्रकाश खड्का बिजयी भएका छन । निर्धक्क भएर आफ्ना कुराहरु राख्न सक्ने स्वाभावका खड्का पालिकाको नेतृत्वमा आउदै गर्दा त्रियुगा नगरपालिकामा प्रतिपक्षीको भुमिकामा रहेको नेपाली कांग्रेस खड्काको नेतृत्व पछि आउने दिनमा प्रमुख प्रतिपक्षिको भुमिका प्रभावकारी हुने कांग्रेसहरुले बिश्वास गरेका छन ।

पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक पद्धती अनुसार नेतृत्व चयन गरिने प्रावधान अनुसार आफुहरु नेतृत्वमा आए पनि पार्टी संगठनलाई एक बनाएर लैजान सबै कांग्रेस एक हुनु पर्ने र प्रतिस्पर्धामा हारजित एक स्वाभाविक प्रक्रिया भएकोले यस्लाई हारजित नठानी एक बिजेता र अर्को उपबिजेता भएर कांग्रेसलाई सुदृढ गर्दै लैजाने त्रियुगा नगरपालिका सभापति प्रकाश खड्काले बताए ।

उदयपुर जिल्लाका ८ पालिका मध्य चौदण्डी  नगरपालिका छाडेर सबै पालिकामा प्रतिपक्षीको भुमिकामा रहेको कांग्रेसलाई अब आउने स्थानीय निर्वाचनमा जिताउने गरि सबै कांग्रेस एक भएर जानुपर्नेमा पालिकाको नेतृत्वमा आएका सबै सभापतिहरुले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]