बाख्रा खोरमा रातभरी बाघ पसेर दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा मार्‍यो

चितुवाले चकनाचुर पारिदियो खसी बेचेर काठमाडौंमा छोरीलाई खर्च पठाउने चन्द्रकान्तको सपना
Logo
सोमबार, आश्विन ११, २०७८

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मारेको छ ।

व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेको बीचमा खोरमा पसेर बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको हो ।

वस्ती भन्दा थोरै पर रहेको यो खोरमा भएको घटनामा एउटा सानो पाठो जीवित भेटिएको छ भने एउटा बाख्रा हराइरहेको फर्म सञ्चालक पौडेलले बताए । उक्त पाठीको पनि पछाडिको भागमा चितुवाले चिथोरेको देखिएको उनले बताए।

‘बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको रहेछ’ पौडेलले भने । एउटा सानो बच्चो भने खोरबाट तल खसेका कारण जीवितै फेला परेको उनले बताए ।

खोरमा भएकामध्ये एउटा बाख्राको पछाडि भाग खाएको र बाँकी सबैको घाँटीबाट रगत चुसेको पाइएको पौडेलले बताए । वनका कर्मचारीहरुको रोहबरमा मृत बाख्रालाई गाड्न लागिएको उनले टेलिफोनमा बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]