बेलकमा असोज १७ बाट दोस्रो अस्मिता राई स्मृति मिनि गोल्ड प्रतियोगिता सुरु

Logo
सोमबार, आश्विन ११, २०७८

बेलका नगरपालिका वडा न २ मा अबस्थित अजम्बरी यूवा क्लब र प्रगतिशील टोल बिकास संस्थाको संयुक्त आयोजनामा दोस्रो अस्मिता राई स्मृति मिनि गोल्ड प्रतियोगिता यहि मिति २०७८ असोज १७ गते देखि सुरु हुदै छ । प्रतियोगितामा जम्मा ८ क्लबहरुको सहभागिता रहने छ। प्रतियोगितामा उदयपुरका पन्चकन्या फूटबल क्लब,बेलका एकेडेमि,बेल्टार यूनाइटेड यूथ क्लब,मलिथम फूटबल क्लब र आयोजक अजम्बरी यूवा क्लब गरि ५ वटा, झापाबाट झिलझिले १ ओटा, सुनसरी का धरहरा स्पोर्टिङ क्लब र बराह ट्रेनिङ्ग सेन्टर गरि २ ओटा टीमहरु सहभागी छ्न।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी दोश्रो पुरस्कार नगद रु १५ हजार ट्रफी,मेडल र प्रमाणपत्रको ब्यबस्था रहेको क्लबका अध्यक्ष नीर बहादुर तामाङ्गले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रत्येक खेलका म्यान ओफ द म्याच लाई नगद रु १ हजार, फाइनल खेलमा बेस्ट प्लेयरलाई नगद रु ५ हजार र टप स्कोररलाई नगद रु ५ हजार पुरस्कारको व्यवस्था रहेको अध्यक्ष तामाङ्गले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।