प्रतिनिधि सभा जान उदयपुर क्षेत्र नं २ मा १३ जनाको उम्मेदवारी

Logo
बुधबार, माघ ०८, २०८२

उदयपुर – आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उदयपुर क्षेत्र नं. २ मा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । माघ ६ गते स्वतन्त्र र विभिन्न राजनीतिक दलका तर्फबाट १३ जनाले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन ।

निर्वाचन अधिकृत लोकबहादुर कटुवालका अनुसार उदयपुर–२ बाट नेपाली कांग्रेसबाट रामकुमार राई, नेकपा एमालेबाट अम्बरबहादुर रायमाझी, नेपाली कम्युनिस्ट पार्टीबाट सुरेशकुमार राई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यबहादुर तामाङले उम्मेदवारी दिएका हुन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट पूर्णबहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेशनबाट भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीबाट अरुण राई, आम जनता पार्टीबाट बमबहादुर मगरले मनोनयन दर्ता गराएका छन् ।

श्रम संस्कृति पार्टीबाट बलराज राई, नेकपा माओवादी केन्द्रबाट दुर्गाबहादुर तामाङ, जनता समाजवादी पार्टीबाट केशवबहादुर मगर र स्वतन्त्रबाट मेजरकुमार राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१ नगरपालिका सहित ४ गाउँपालिका रहेको उदयपुर निर्वाचन क्षेत्र नं. २ मा ९६ हजार १ सय २२ जना मतदाता रहेका छन् । कटारी नगरपालिका सहित ताप्ली, उदयपुर गढी, रौतामाई र लिमचुङबुङ  गाउँपालिकाका ४० ओटा वडामा ५१ मतदान स्थलमा ११५ ओटा मतदान केन्द्र मार्फत आम नागरिकले आफ्ना प्रतिनिधि चुन्ने गरि व्यवस्था मिलाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry