जिल्ला अस्पताल उदयपुरलाई दुई लाख बराबरको औषधि हस्तान्तरण

Logo
सोमबार, आश्विन ११, २०७८

नेपाली कांग्रेस उदयपुरले विभिन्न जटिल रोगका औषधि सहित स्वास्थ्य सामाग्री जिल्ला अस्पताल उदयपुरमा हस्तान्तरण गरेको छ ।कोरोना माहामारिका बेला आबस्यक पर्ने औषधि, मौसमी ज्वोरो अन्य जटिल किसिमका रोगका करिव दुई लाख बराबरको औषधि हस्तान्तरण गरिएको हो ।

उदयपुर कांग्रेसका नेता वसन्त बस्नेतले उदयपुर जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट जीव नारायण मण्डललाई औषधि हस्तान्तरण गरेका हुन । औषधिको ब्याबस्थापन युवा नेता एलबी कार्कीले गरेका हुन ।

औषधि हस्तान्तरण कार्यक्रममा कांग्रेसका युवा नेताहरु एलबी कार्की,सुमन चौधरी, लिल बहादुर बस्नेत, रोशन कार्की, नवीन कटुवाल सुशील राई लगायत कांग्रेसका क्षेत्रीय प्रतिनिधिहरु उपस्थित थिए ।

औषधि हस्तान्तरण गर्दै नेता बस्नेतले थोरै भएपनी जनताको स्वास्थ्य सँग सम्बन्धित समान हस्तान्तरण गर्न पाएकोमा गौरवान्वित भएको र औषधिको ब्याबस्थापन गरेकोमा नेता एलबी कार्किलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।