राष्ट्रसंघको ७६ औं महासभालाई परराष्ट्र मन्त्री खड्काद्वारा सम्बोधन

Logo
मंगलबार, आश्विन १२, २०७८

परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्नुभएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्नुभएको हो । सम्बोधनका क्रममा मन्त्री खड्काले बहुपक्षीयतामा नेपालको स्थान र राष्ट्रिय स्वार्थका विविध विषयमा प्रकाश पार्नु भाको थियो । कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक-सामाजिक असर पारेको बताउनुभयो । मानिसको जीवनका लागि खोपलाई सार्वजनिक सामान घोषणा गरिनुपर्छ,’ मन्त्री खड्काले भन्नुभयो । कोभिड नियन्त्रणमा संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय समुदायका प्रयासको प्रशंसा गर्दै मन्त्री खड्काले सबै ठाउँका सबै मानिसले न्यायपूर्ण र समान तरिकाले खोप पाउनु पर्ने कुरामा जोड दिनुभयो । ग्रिन हाउस ग्यास उत्सर्जनमा नेपालको नगन्य भूमिका रहे पनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहनु परेको वहाँले बताउनुभयो । बितेका ६३ वर्षमा नेपालले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमार्फत् शान्ति, सुरक्षा र स्थायित्वमा योगदान गर्दै आएको उल्लेख गर्दै मन्त्री खड्काले संयुक्त राष्ट्र संघलाई केन्द्रमा राखेर बहुपक्षीयतालाई अघि बढाउनु पर्ने नेपाल रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।