सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा स्थानीय सरकारको प्रयासले मातृ मृत्युदर शुन्यमा झर्यो

Logo
मंगलबार, आश्विन १२, २०७८

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा स्थानीय सरकारको प्रयासले मातृ मृत्युदर शुन्यमा झरेको छ । थुलुङ दुधकोशी ७ र ८ को सिमानाबाट सेवा प्रवाह गरिरहको स्वास्थ्य चौकीको वर्थिङ सेन्टर सहितको सुविधा सम्पन्न भवनको शिलान्यास गर्दै अध्यक्ष असिम राईले स्थानीय सरकार गठन अघि बर्षेनी आमाहरुले अकालमा ज्यान गुमाउदै आएको अवस्थामा स्थानीय सरकारको प्रयासले शुन्यमा झर्नु अमुल्य उपलब्धि भएको बताउनुभयो।
वहाले आफु सरकारको नेतृत्वमा आइसकेपछि सुत्केरीका लागि वर्थिङ सेन्टरमा जाने वातावरण बनाउन संघीय सरकारले दिने प्रोत्साहन रकम बाहेक पनि जनही ५ हजार प्रोत्साहन रकम दिने गरि कार्यक्रम कार्यान्वयनमा ल्याएपछि मातृ मृत्युदर शुन्यमा झर्नु आफ्नो कार्यकालको मुख्य उपलब्धि ठानेको बताउनुभयो ।’ अबको दुई महिना भित्र दुधकोशी सामुदायीक अस्पतालको निर्माण सम्पन्न गर्ने र सुविधा सम्पन्न अस्पताल संचालनको तयारीमा रहेको अध्यक्ष राईले बताउनुभएको छ । ‘धुलिखेल अस्पतालसंगको साझेदारीमा अस्पतालले जनमैत्री सेवा प्रदान गर्नेछ । जुन स्थानीय तहमध्येकै नमूना योजनाको रुपमा अस्पताल स्थापित बन्नेछ भन्ने वहाँको दाबी छ । वहाँले शिक्षा क्षेत्रमा पनि थुलुङ दुधकोशी गाउँपालिकाले फड्को मारेको दाबी गर्नुभयो । प्राविधिक शिक्षालय संचालनमा आएपछि प्राविधिक विषय अध्ययनका लागि शहर नै पुग्नुपर्ने बाध्यताको अन्त्य भएको वहाँले बताउनुभयो । अध्यक्ष राईले दीगो विकासका लागि जनसहभागीता अनिवार्य भएकाले विकास निर्माणमा गोलबन्द हुन आब्हान गर्नुभयो ।
सोही कार्यक्रममा थुलुङ दुधकोशी – ७ का वडाअध्यक्ष राम संघर्ष किराँतीले दुई वडाको साझा सम्पत्तीको रुपमा वर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भवन निर्माण हुन लागेकाले महिला दिदीवहिनीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने र थुलुङ दुधकोशी – ८ का कार्यवहाक अध्यक्ष तिल बहादुर राईले जनअपेक्षा अनुसार विकास निर्माणको काममा तल्लिन भएको बताउनुभयो । वान हर्ट वल्र्ड वाईड र थुलुङ दुधकोशीको लागत साझेदारीमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]