चौदण्डीगढीको नारद आदर्श माध्यामिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर चुलियो विवाद

Logo
मंगलबार, आश्विन १२, २०७८

चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा वर्षेडाँडा स्थित नारद आदर्श माध्यामिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विवाद चुलिएकाे छ । विद्यालय व्यवस्थापन समितिले मनोमानी ढंगले प्रधानाध्यापक कुमार खड्कालाई हटाइएकोप्रति असन्तुषट व्यक्त गर्दै (सचेतक समूह उदयपुर) नामक एक संस्थाले गत भदौ १५ गते छानविन गर्न विभिन्न सरकारी कार्यालयहरूमा निवेदन दिइएपछि विवाद चुलिएकाे हो । सो संस्थाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरी, जिल्ला प्रशासन कार्यालय गाईघाट उदयपुर, चौदण्डीगढी नगरपालिकाको कार्यालय बेल्टार र चौदण्डीगढी नगरपालिका ४ नं. वडा कार्यालयगरी ५ ठाउँमा उजुरी दिइएको खुलेको छ, तर सो संस्था स्थानीय पालिकामा भने दर्ता नभएको पाइएको छ । सो विषयमा सोमबार ४ नं. वडा कार्यालयले एक छलफलको आयोजना गरेको थियो । संस्थाको निवेदनमा भने कुनै वैधानिक्ता नभएको वडाध्यक्ष चरणकुमार राईले बताउनुभयो । वडा कार्यालयमा प्राप्त पत्रमा एक फोन नं. दिएपछि सम्पर्क गर्दा बेलका स्थित बबलाकी एक महिला भएको बुझिएको छ । वडाध्यक्ष राईले फाेन सम्पर्क गर्दा सो निवेदनको विषयमा आफू अनविज्ञ भएको बताइन्, तर ती महिला पूर्व विद्यार्थी भएको पुष्टि भएको छ । विद्यालयमा आँच आउने कार्य कसले गर्यो ? भन्ने विषयमा आफू जिल्ला हुलाक कार्यालयलसम्म पुगेको विव्यस अध्यक्ष गौतम राईले बताउनुभयो ।
छलफलमा अध्यक्ष राईले भन्नुभयो, ‘जिल्ला हुलाक कार्यालयमा एक महिला थिइन्, यो यस्तो पत्र प्रेषित गर्ने व्यक्तिको हुलिया कस्तो थियो, सोधे ती महिलाले भनिन् वर्षीभेषमा एक जना पुरुष आएका थिए, उनले भन्दै थिए, म पनि शिक्षक नै हुँ, अरु स्टाफले नभ्याएर म आफै आएको हुँ भन्दै पत्र रजिष्टर गरेर गए, भनिन् ती महिलाले, त्यसपछि म घर आए ।
छलफलमा उपस्थितीको लागि पुराना प्रअको नाताले र यस क्षत्रको वडावासीको हैसियतले कुमार खड्कालाई पनि पत्र पठाइएको भएपनि अनुपस्थित रहेको वडाध्यक्ष राईले बताउनुभयो । छलफलमा शिक्षक खड्काको अनुपस्थितीले पनि निवेदक खड्का नै हो की भन्ने उनलाई शंका गरिएको स्थानीयले आरोप लगाएका छन् । छलफलमा बोलाउनको निम्ति उपस्थिती अधिकांशले सम्पर्क गर्दा फोन (स्वीचअफ) भएको वडाध्यक्ष राईले बताउनुभयो ।
छलफलमा शिक्षक राईले भन्नुभयो, ‘हामी दुई जना वरिष्ट भएपनि प्रअको विषयमा म र भविन्द्रकुमार सर दुवै जनाले स्टाफ बैठकबाट कविराज सरलाई सहमति दिइएका थियौ, तर बीचमा कस्ले निवेदन दिएको हो ?
यसबारेमा हामीलाई कुनै जानकारी छैन र हामीबाट कुनै गलत भएको पनि छैन ।’ शिक्षक राई ०७१ र शिक्षक बस्नेत ०७२ मा माध्यामिक तहमा स्थायी भएका हुनु भएको हो । विद्यालय व्यवस्थापन समिति र त्यहाँ कार्यरत शिक्षकहरु मध्येबाट वरिष्ट शिक्षक उदय राई र वरिष्ट शिक्षक भविन्द्रकुमार बस्नेत दुवै जनाको सहमतिमा शिक्षक तामाङलाई ०७५ पुस ५ गते प्रअ पदमा नियुक्ति गरिएको थियो । अस्थायीरुपमा ०५३ जेठ १० गतेबाट निरन्तर सोही विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक तामाङ ०७५ सालमा माध्यामिक तहमा स्थायी हुनु भएको हो । निवेदनको विषयमा जिज्ञासा राख्दा शिक्षक खड्काले शंकाको भरमा कसैलाई दोषी ठहर्याउन नमिल्ने बताउनुभयो ।
शिक्षक खड्काको पालामा विभिन्न शिर्षकमा बेरुजुसमेत रहेको विद्यालयका प्रअ तामाङले बताउनुभयो । शिक्षक खड्काको पालामा सुस्त अनुदान सामग्री खरिदमा ५० हजार, ल्यापटप एक थान (डेल कम्पनीको आइ फायफ) ६४ हजार ९ सय ९६ रुपैयाँ, विरु हार्डवेयरको खर्च ८ हजार ७ सय ६५ रुपैयाँ (पूर्ण सरको जिम्मा) भनी कैफियतमा उल्लेख गरिएको छ । त्यस्तै कम्प्यूटरमा प्रयोग हुने माउस किवोर्ड २ थान १० हजार, स्क्यानर १ थान ८ हजार, प्राविधिक धारको विभिन्न विल अनुसार सामग्री नआएको सामग्रीहरु १ लाख ७२ हजार ९ सय ४६ रुपैयाँ वेरुजु देखिएको विद्यालयका प्रअ तामाङले जानकारी दिनुभयो । विद्यालयको विभिन्न शिर्षकमा ३ लाख १४ हजार ७ सय रुपैयाँ बेरुजु देखिएको छलफलमा सहभागीहरुले बताए ।
बेरुजु रकम असोज अन्तिमसम्ममा तिरिसक्ने सहमति भएको शिक्षक खड्काले बताउनुभयो । शिक्षक खड्का अहिले २ नं. वडा माडिवास स्थित सिंहदेवी माविमा प्रअ पदमा कार्यरत हुनुहुन्छ । अर्काे पटक पुनः बस्नेगरी छलफल टुंगिएकाे वडाध्यक्ष राइले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।