गाउँपालिका अध्यक्षको पहलमा अशक्त नागरिकले घरैमा पाए नागरिकता

Logo
बुधबार, आश्विन १३, २०७८

खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्का ‘झंकार’ को पहलमा अशक्त नागरिकले घरैमा नागरिकता पाएका छन् । शारीरिक अशक्तताका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्दा वर्षौँसम्म नागरिकताबाट वञ्चित नागरिकले नागरिकता पाएका हुन् ।गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको सक्रियतामा नेपाली नागरिकताबाट वञ्चित साकेला गाउँपालिकाका नागरिकहरूलाई घरैमा पुगरे नागरिकता प्रदान गरिएको अध्यक्ष खड्काले बताउनुभयो । नागरिकता प्राप्त गर्नेहरुमा साकेला गाउँपालिका–४ का २० वर्षीय खगिन दर्जी, साकेला–३ बोराटोलकी २५ वर्षीया कृष्णकुमारी खत्री र साकेला–३ खिदिमाकी २५ वर्षीया रामकुमारी राई रहनु भएको छ । नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उहाँहरूले अब भने भत्ता पाउने बाटो खुलेको भन्दै खुशी व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]