रिड नेपालद्वारा स्वास्थ्य सामाग्री वितरण सुरु

Logo
बुधबार, आश्विन १३, २०७८

रिड नेपालले जिल्लामा आफ्ना कार्यक्रम लागुु भएका सोलुखुम्बुका विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण सुरु गरेको छ । जिल्लाका विभिन्न स्थानिय तहका १ सय वटा आधारभुत तथा माध्यमिक विद्यालयका विद्यार्थीलाई कोरोना महामारीबाट बचाउनका लागि स्वास्थ्य सामाग्री वितरण भईरहेको हो । कोरोना कहरका कारण विद्यालय बन्द हुँदा रेडियोबाट सिकाई कार्यक्रम सञ्चालन गरि विद्यार्थीको सिकाईलाई निरन्तरता दिएको रिड नेपालले विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितीमा नै पठनपाठन हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि मास्क,सेनिटाईजर र साबुन वितरण गरिरहेको हो । रिड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जिल्लामा विद्यार्थी संख्याका आधारमा मास्क र सेनिटाईजर वितरण भईरहेको बताउनुभयो । यसैबीच, रेडियोबाट सिकाई सहजिकरणका लागि अभ्यास पुस्तक समेत वितरण गरिएको छ । उक्त अभ्यास पुस्तक कार्यक्रम लागु भएका विद्यालयका विद्यार्थीलाई रेडियोबाट सिकाई कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि वितरण गरिएको हो । जिल्लाका अधिकांस स्थानिय तहका विद्यालयमा भौतिक रुपमा नै पठनपाठन भईरहेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry