लिम्चुङबुङ गाउँपालिकामा बन्दै गरेको एभरेष्ट भ्यु टपलाई नेपाल सरकार अर्थ मन्त्रालयले थप २ करोड बजेट छुट्याएको छ ।
१ नं प्रदेशकै प्रमुख पर्यटकीय स्थलको रुपमा निर्माण हुन लागेको एभरेष्ट भ्यु टपलाई नेपाल सरकार अर्थ मन्त्रालयले २ करोड बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष मेजर कुमार राईले बताउनुभयो । राईका अनुसार यसरी निर्माण हुने भ्यु टपबाट सगरमाथा लगायत छ ओटा हिमालहरुलाई नियाल्न सकिने छ । पर्यटकीय गन्यव्यको निकै राम्रो ठाउँ र दृश्यको स्रोत मानिएको यस ठाउँलाई पर्यटनका प्रमुख क्षेत्रको रुपमा विकास गर्न लागिएको अध्यक्ष राईले बताउनुभयो । यहाँ बाट रमाईलो दृश्य सहित बिभिन्न हिमालहरुलाई नियाली पर्यटको महसुस गर्न सकिने अध्यक्ष राईको भनाई छ । राईले लिम्चुङबुङ गाउँपालिका बिकासको लागि सहयोग गर्ने अर्थ मन्त्रालय तथा अर्थ मन्त्री, पर्यटन मन्त्रालयका सचिव र अन्य व्यक्तिहरु प्रति धन्यवाद व्यक्त गरे । मन्त्रालयले गाईघाट हुँदै मुर्कुची–लिम्चुङबुङ– हलेसीको बैकल्पिक सगरमाथा राजमार्ग निर्माणका लागि पनि योजना समावेश गरिसकेको छ ।