ऐसेलुखर्क गाउँपालिकाको निर्माणधिन प्रशासनिक भवन मापदण्ड बिपरीत

Logo
बिहिबार, आश्विन १४, २०७८

खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन मापदण्ड अनुसार नभएको पाईएको छ । निर्माणधिन भवनको कंकृड, टेष्किबको स्यावर र पिलरको ल्याब आधिकारीक सरकारी परिक्षण केन्द्रमा चार पटक सम्म परिक्षण गर्दा मापदण्ड अनुसार नभएको पाईएको गाउँपालिकाले जनाएको छ । भवन निर्माणका लागि जिम्मा पाएको रुजन जगदम्बा भुवनेश्वरी एण्ड भैबब जेबिले निर्माण सुरु गरेको दुई बर्ष भएको छ । तर हाल सम्म ३० प्रतिशत पनि काम नसकिएको साथै भवन मापदण्ड बिपरीत भएको पाईएको हो । चार पटक सम्म परिक्षण गर्दा मापदण्ड अनुसार नभएको रिपोर्ट आएपछि निर्माण कम्पनीलाई भवन निर्माण गर्न रोक लगाएको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले जानकारी दिनुभयो । यता निर्माण कम्पनीले भने मापदण्ड अनुसारनै भवन निर्माण भएको नक्कली रिपोर्ट समेत पेश गरेको बताईएको छ ।
सोहि बिषयमा गाउँपालिकाले बुधबार सर्वदलिय बैठक राखेको छ । सर्वदलिय बैठकले भवन निर्माण मापदण्ड अनुसार नभए कारबाहि गर्न सुझाव दिएको बताईएको छ । गाउँपालिका अध्यक्ष निरौलाले पनि मापदण्ड पुरा¥यार मात्र काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको बताउनु भएको छ ।
ट्रष्ट सहितको १६ कोठे २ तले आरसिसि भवन निर्माणको लागि आर्थीक बर्ष २०७५/०७६ मा गाउँपालिकाले ३ करोड ६० लाख बजेट बिनियोजन गरेको थियो । २०७५ फागुनमा गाउँपालिकाले टेन्डर आह्वान गरेपछि रुजन जगदम्बा भुवनेश्वरी एण्ड भैबब जे.भि. निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको हो ।
यता मासिक ५३ हजार भाडा तिरेर ब्यत्तिको घरमा गाउँपालिकाको कार्यलय सञ्चालन भईरहेको छ । यस अघिको समाचार स्थानीय ब्यत्तिले गलत जानकारी दिएकोले सच्याईएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]