चौदण्डीगढीमा कोरोना संक्रमण दर घट्दै

Logo
बिहिबार, आश्विन १४, २०७८

चौदण्डीगढी नगरपालिका वडा नं. ६ सातधारे स्थित उदयपुर कोभिड अस्पतालबाट ६ जनालाई (डिस्चार्ज) गरिएको छ ।
बुधबार डिस्चार्ज हुनेमा २ पुरुष र ४ महिलागरी ६ जना डिस्चार्ज भएका हुन् । बुधबार ११ जनामा गरिएको एन्टिजेन्ट परीक्षणमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै अहिले सो अस्पतालमा ३ पुरुष र ४ महिलागरी ७ जनामात्र रहेको अस्पतालले जनाएको छ ।
संक्रमणकालिन अवस्थामा ५ सय २९ जना भएको अस्पतालमा ४ सय ७८ जना निको भएर घर फर्किएका छन् भने २ जनाको निधन भइसकेको छ ।
कोरोना संक्रमण दर घटेपनि जोखिम उत्तिकै रहेकोले स्वास्थ्य मापदण्डको पालना गर्न अस्पतालले अग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]