उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतम, भदौ महिनाको उत्कृस्ट प्रहरी घोषित

Logo
बिहिबार, आश्विन १४, २०७८

उदयपुरमा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) बेद प्रसाद गौतम भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ । गौतमले आफ्नो पेसाको जिम्मेवारीलाई जनताहरु सामु राम्रो प्रदर्शन गर्नुका साथै जनताहरुलाई सुरक्षा अनुभुति दिलाउन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको उदयपुरका प्रहरी उपरिक्षक (एसपी) सुवास चन्द्र बोहोराले बताउनुभयो । विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको आधारमा डिएसपी गौतमलाई उत्कृष्ट प्रहरी घोषित गरेको एसपी बोहोराले बताउनुभयो ।
गौतमले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएकोमा उच्च मुल्याङकन गरिएको छ । विभिन्न अपराधमा संलग्न वारदात पश्चात फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी, प्रतिबन्धित लागु औषध कारोबारी लगायतका अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन सफल भएको भन्दै गौतमलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
गौतमले आफ्नो कर्तव्यमा अडिक रहि आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको उल्लेख छ । गौतम जिल्ला प्रहरी कार्यालय उदयपुरमा दरबन्दी भई कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]