भेटघाट ब्याड्मिन्टन क्लवद्वारा चुहाडेमा जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन आयोजना

Solution Khabar बिहिबार, आश्विन १४, २०७८ समय 02:09:15

भेटघाट ब्याड्मिन्टन क्लबले त्रियुगा नगरपालिका ८ चुहाडेमा आजबाट जिल्ला स्तरीय मेयरकप ब्याड्मिन्टन प्रतियोगिता सन्चालन गर्दैछ । निजि लगानीमा निर्मित कवर्डहलको उद्घाटनसंगै प्रतियोगिता हुने भएको हो । प्रतियोगिता तीनदिनसम्म संचालन हुनेछ । सञ्चालक विक्रम सिङ्ह खड्काका अनुसार प्रतियोगितामा जिल्ला भरीकै खेलाडीहरुको सहभागिता र उत्कृष्ट खेल प्रदर्शन हुनेछ । सो ठाउँमा ब्याड्मिन्टन खेलसंगै सांगीतिक कार्यक्रम, रेस्टुरेन्टसमेत गरी थ्री इन वनको अवधारणामा कवर्डहल लगायतका भौतिक संरचना निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा ए र बी डिभिजन गरी दुई इभेन्ट्समा खेलाइने छ । डबल्स खेल हुने प्रतियोगितामा ६४ जोडीले भाग लिएका छन् । जसमा १० जोडी एक डिभिजनका रहेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ८ हजार नगद पुरस्कार रहेको छ । यो संगै मेडल, ट्रफी र प्रमाण पत्र रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा उदयपुर ब्याड्मिन्टन संघले सहकार्य गरेको छ ।

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : –२१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected], [email protected]

सामाजिक संजाल

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी
प्रतिनिधि – बिना मगर, बिनोद अधिकारी

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।