परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा एमसीसीका बारेमा गलत प्रचार गरिएको गुनासो

Logo
बिहिबार, आश्विन १४, २०७८

परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे आफूले अमेरिकामा बोलेको कुरालाई गलत प्रचार गरिएको बताउनु भएको छ । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर बिहीबार नेपाल फर्किएपछि वहाँले यस्तो बताउनु भएको हो । स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वहाँले परियोजनाको बारेमा आफूले नबोलेको कुरा प्रचार गरिएको जिकिर गर्नुभयो । एमसीसी अनुमोदन हुँदैन भनेर तपाईंले बोल्नुभएको हो ? भन्ने प्रश्नमा मन्त्री डा. खड्काले त्यसबारे जसरी प्रचार भयो, त्यो आफूले बोल्दै नबोलेको दाबी गर्नुभयो । वहाँ गैरआवासीय नेपाली संघले न्युयोर्कमा आयोजना गरेको कार्यक्रममा एमसीसी नेपाल सरकारले मागेको परियोजना भएकाले संशोधन नहुने उल्लेख गर्नुभएको थियो ।
“२९ भदौ २०७४ मा हामीले सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । अहिले संशोधन गरौँ भन्दा एमसीसी लागु भएका अन्य देशहरूले के भन्छन्, अन्य देशहरूले ४२, ४५ देशहरूले पनि त्यसै गरौँ भन्छन् कि ! हामीले एकचोटि सही गरेर संशोधन गरौँ भन्दा अन्य देशहरूले पनि त्यसै भन्छन् कि भनेरचाहिँ मैले बोलेको हो,”तर संशोधन हुनै नसक्ने विषय आफूले नबोलेको वहाँको दाबी छ ।
महासभामा सम्बोधनको क्रममा आफूले कोभिड–१९ बाट मुक्ति पाउन विश्वका सबै देशहरूको खोपमा समान पहुँच हुनुपर्ने कुरा उठाएको वहाँले जानकारी दिनुभयो । यस्तै, जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभाव, दिगो विकास लक्ष्य प्राप्तिमा नेपालजस्ता देशलाई धनी राष्ट्रले सहयोग गर्नुपर्ने विषय प्राथमिकता साथ उठाएको बताउनुभयो ।
विश्वमा बढ्दो आतंकवाद नियंत्रण गर्न साझा कार्यक्रम तय गर्नुपर्ने विषय पनि आफूले उठाएको वहाँले जानकारी दिनुभयो । “घातक र खतरनाक हतियार खरिद–बिक्रीको प्रतिस्पर्धाबाट शक्ति राष्ट्र मुक्त हुनुपर्ने र हतियारमा गर्ने लगानी कम विकसित राष्ट्रमा लगानी गर्न मैले आग्रह गरेँ,” वहाँले भन्नुभयो । वहाँले विश्व शान्ति मिसनमा नेपाल र नेपाली सेनाको महत्वपूर्ण भूमिका भएको भन्दै त्यसको उचित सम्मान र पोजिसन क्लियर गरिदिन आग्रह गरिएको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।