उदयपुर कांग्रेसको चियापान भब्यरुपमा सम्पन्न, कांग्रेस एक भएर जाने संकल्प

Logo
आइतबार, आश्विन २४, २०७८

नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ क्षेत्रीय कार्यसमितिले चियापान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार जिल्ला पार्टी कार्यलयको हलमा आयोजना गरेको कार्यक्रममा ५ सय बढि कार्यकर्ता सहभागी भएका थिए ।

१४ औ महाधिबेशन चलिरहेको बेला भर्खरै उदयपुरको वडा र नगरकार्यसमितिको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनमा दुई समूह बनाएर चुनावमा लडेका टिमलाई जोड्न एक आपशमा भएका कमि कमजोरीलाई माझ्न, विभिन्न पेशा ब्याबसायमा संलग्नलाई जोड्न गरिदै आएको चियापान यस पटक केन्द्रले नगर्न भने पछि उदयपुर कांग्रेस क्षेत्र नं १ ले भने आफै गरेको हो ।

कार्यक्रममा विभिन्न पेशा ब्याबसाय गर्दै आएका ब्याक्ती, जिल्ला सभापती, संघिय सांसद पत्रकार कांग्रेसका क्षेत्रीय प्रतिनिधि लगायतको उपस्थिती थियो ।

चियापान कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय सहसभापति वसन्त बस्नेतले लोकतान्त्रिक बिधिबाट हुने कांग्रेसको अधिबेशनमा देखिएको समुहलाई लिएर यो कांग्रेसी यो गैर कांग्रेसी भनेर भेदभाव गर्न नहुने धाराणा ब्याक्त गरेका थिए ।

कांग्रेस भित्र आफ्नो समुहमा परेको कांग्रेस अर्को समुहमा परेको गैर कांग्रेस जस्तै गरेर भेदभाव गरिने गरेको कुरा स्मरण गर्दै अब यस्ता कुरालाई निरुत्साहित गर्दै लैजानु पर्नेमा जोड दिए ।

यस्तै सभापति बिदुर बस्नेतले केन्द्रले चियापान समारोह नगर्न भनेकोले जिल्ला कार्यसमितिले यो कार्यक्रम नराखेको जानकारी गराए । केन्द्रले नगर्न भनेको भए पनि क्षेत्रले यो कार्यक्रम राखेकोले कांग्रेस भित्र एकता खोज्ने प्रयास गरिदै छ र एकता छ भन्ने प्रष्ट पारेको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]