मिडियाप्रती परराष्ट्रमन्त्रीको असन्तुष्टि

Logo
सोमबार, कार्तिक ०८, २०७८

उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्काले मिडियाहरुलाई पुर्वाग्रह नराखी बस्तुपरक भएर कलम चलाउन आग्रह गरेका छन । प्रेस युनियन उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले मिडियाहरुले सधै एथार्थमा रहेर बस्तुपरक भएर लेख्न आग्रह गरेका हुन ।

गृह जिल्ला उदयपुर आउने क्रममा बिराटनगर बिमानस्थलमा नेपालले जारी  गरेको नक्सामा समेटिएका लिपुलेक लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्न पर्ने विभिन्न मिडियामा समाचार आएपछि उन्को अभिव्यक्तिको चौतर्फी आलोचना भएको थियो । सोही बिषयलाई लिएर मन्त्री खड्काले आफुले त्यो किसिमको अभिव्यक्ति नदिएको र मिडियाहरु आफैले पुर्वाग्रह राखी लेखेको बताए ।

“मैले तेस्तो कुरा बोलेकै छैन,” उनले भने, “मिडियाले लेखे तर मैले दिएको अभिव्यक्तिको रेकर्ड छ त्यहाँ हेरेपछि समाचार लेख्ने मिडियाले पनि आफ्नो कुरा सच्याएको छ भने मेरो अभिव्यक्ति कसरी विवादित भयो ?”

एमसिसीको बिषयमा पत्रकारले राखेको जिज्ञासामा एमसिसी संसदको बिजनेस भएको हुदा संसदले जे भन्छ त्यही हुने बताए । यस्तै अहिलेको सरकारको पहिलो प्राथमिकता कोरोनाको खोप सबै नागरिकलाई पुर्याउनु भएको बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]