कांग्रेसको १४ औं महाधिबेशन मंसिर २७ देखि २९ सम्म

Logo
बिहिबार, कार्तिक ११, २०७८

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

कांग्रेस निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशन कात्तिक २७ देखि थालेर मंसिर २७ देखि केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

समितिले कात्तिक २७ गते वडामा, मंसिर ३ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा, मंसिर ६ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते प्रदेशमा अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

“हामीलाई पार्टीले पूर्ण अधिकार दिएको छ । यही कार्यतालिकाअनुसार अगाडि बढ्छौँ,” उनले भने ।

मंगलबारको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितलाई मंसिरभित्र सकिनेगरी महाधिवेशनको कार्यतालिका बनाउन निर्देशन दिएका थिए ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशन मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । अर्कोतिर आन्तरिक विवादका कारण विभिन्न जिल्लाको वडाको अधिवेशन रोकिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।