कांग्रेस महाधिवेशन : प्रतिष्ठाको लडाई कि सांगठनिक सुधृणिकरणको

Logo
खेमराज दाहाल मंगलबार, कार्तिक २३, २०७८

हरेक ४ देखि ५ बर्षमा आउने नेपाली कांग्रेसको महान चाड महाधिवेशनको बिषयमा प्राय बहस नै हुदैन । कांग्रेस महाधिवेशन किन र के लागि भन्ने बिषयमा सामान्य बहस हुदा सिधा उत्तर नेतृत्व चयनका लागि भन्ने गरिन्छ । तर महाधिवेशनको उदेश्य नेतृत्व चयनका लागि मात्र नभएर ५ बर्षमा कांग्रेसका गलती कमिकमजोरी केलाएर समिक्षा गर्दै पार्टी संगठनलाई सुदृढीकरण गरि सबल र सक्षम नेतृत्व चयन गरेर राजनैतिक रणनीति तयार गरि पार्टीलाई सरकारको नेतृत्वमा पुर्याउने हो र हुन पर्दछ ।

अहिले कांग्रेसको १४ महाधिवेशन चलिरहेको छ । प्राय सबै जिल्लाको वडा र नगर अधिबेशन सकिएर प्रदेश र संघिय क्षेत्रको निर्वाचनको निकट कांग्रेस छ । कांग्रेसको नेतृत्व चयन गर्ने मुख्य आधार नै वडा अधिबेशन हो । मुलुकका आधा भन्दा बढी जिल्लामा कृयाशिल सदस्यको विवाद बढ्यो । त्यसैले तोकिएको समयमा महाधिवेशन हुन सकेन । कांग्रेस कृयाशिल सदस्यको विवाद गैर कांग्रेसलाई सदस्यता बितरणले थिएन । पार्टीमा आफू र आफ्ना कसरी सेफ हुन सक्छन, आफू नेतृत्वमा कसरी पुग्न सकिन्छ भनेर पार्टी भन्दा ब्याक्तिलाई फाइदा पुग्ने गरि बांडिएका सदस्यता बितरण थिए ।

यस लेखमा उदयपुर कांग्रेसमा १४ औं महाधिवेशनमा देखिएका केही ब्याक्ती केन्द्रित राजनीतिलाई बिश्लेषण गरेर तथ्य सहित आज सम्म भएको र अब हुन पर्ने कुराहरुमा केन्द्रित हुनेछ । पहिलो कुरा उदयपुरका ७५ वडा मध्य ६३ वडामा कांग्रेसका वडा सभापति सर्वसम्मत भए । वडा सभापति सर्वसम्मत भए पनि क्षेत्रीय प्रतिनिधि सर्वसम्मत हुन नसक्दा एक दुई वडमा लोकतान्त्रिक पद्धती अनुसार प्रतिनिधि चुनिए ।

सर्वसम्मत र निर्वाचन मार्फत चुनियका प्रतिनिधीहरु प्रतिनिधि हुन साथ जिल्ला तहका नेताको पछि लागे । सयौ कांग्रेसका कृयाशिल कार्यकर्ताको प्रतिनिधित्व गर्दै गएका प्रतिनिधिहरुले भोटहालेर प्रतिनिधि बनाएका कार्यकर्ताको मनोभावाना बिपरित समूह बनाएर कांग्रेसलाई दुई भागमा देखाउने नेताहरुको द्वेध चरित्रमा घिउ थप्ने काम गरे ।  स्वतन्त्रता र लोकतन्त्र आफ्नो सिरमा बोकेर हिडेको कांग्रेस पार्टीका कार्यकर्ताले आफ्नो विवेक प्रयोग गर्न नपाई दवाव र प्रभावको भरमा कसैका लागि उभिदिन पर्ने अबस्था सिर्जना भयो । पार्टीको आन्तरिक चुनाव अन्तरपार्टीको जस्तो देखियो यस्ले कांग्रेसको भविस्यलाई कहाँ पुर्याउछ? आउदै गरेको चुनावमा के कति असर गर्छ भन्ने बिषयमा नेतृत्व किन संबेदनसिल हुन सकेन भनेर कार्यकर्तालाई प्रश्न गर्ने ठाउँ सम्म दिइएन । यस्तो  कांग्रेसको महाधिवेशनले कसरी कांग्रेस सुदृढ हुन सक्दछ र राजनीतिक उदेश्यमा पुग्न सकिन्छ ?

दुई दशक देखि कांग्रेसको नेतृत्व गर्दै आएका बिदुर बस्नेतले सभापतिको पदलाई आफ्नो पारिवारिक बिरासत ठाने । उनले दोस्रो पिडिलाई बिश्वास गर्न सकेनन वा दोस्रो पिडिका युवा त्यो स्थानमा पुग्न सक्षम भएनन यो कांग्रेसका सक्षम कार्यकर्ताले यहि महाधिवेशनमा उत्तर दिने छन । जिल्लाको नेतृत्व सम्हालेका सभापति बिदुर बस्नेतले समुह बनाएर महाधिवेशनमा होमिदा अर्का आंकाक्षीले अर्को समुह बनाउनु स्वाभाविक हो । अहिले देखिएको समुह समुहको भोट हेर्दा बर्तमान सभापति बिदुरबाबु उपबिजेता मात्र हुने देखिएको छ । दुई दशक सभापति भै सकेको मान्छे दोस्रो पुस्तालाई सम्मान पुर्वक जिल्लाको नेतृत्व सुम्पिन छाडेर पराजित भएर नेतृत्व अर्कोलाई सुम्पिनु औचित्यपूर्ण हुन्थ्यो कि सम्मान पुर्वक दोस्रो पुस्ताका नेतालाई नेतृत्व सुम्पिनु औचित्यपूर्ण हुन्थ्यो यो सोच्ने जिम्मा जिल्लाका क्षेत्रीय प्रतिनिधि र स्वयम बिदुरबाबुलाई ।

कांग्रेसको संगठन पार्टिको हित आफ्नो राजनीतिक सफलतालाई हेरेको भए आज जिल्लामा नेपाली कांग्रेस सिङ्गो कांग्रेस भएर जाने अवस्थामा थियो । दुई दशक कांग्रेसको सभापति भएर पार्टी हाँकेका बिदुरबाबुलाई पार्टीले पटक पटक अवसर पनि दियो । त्रियुगा नगरपालिकाको मेयरको टिकट, प्रदेश सभा सदस्यको टिकट र आउने दिनमा पनि उनले प्रदेश वा संघमा अवसर पाउने निश्चित थियो र छ ।

यसरी आफ्नो राजनैतिक उचाई बनाएका बिदुरबाबुले यस पटक दोस्रो पुस्ताका नेतालाई सभापतिमा अवसर दिएका भए पुराना देखि नयाँ पुस्ताका हरेक नेताले जिल्लामा नेतृत्व गर्ने अवसर पाउने थिए र कांग्रेस सिङ्गो भएर जाने थियो । नेपाली कांग्रेस उदयपुरको राजनीतिमा सबैभन्दा सफल र जनपृय नेताको रुपमा स्थापित हिमाल कार्की हाल प्रदेश एक सरकारको मन्त्री भएका छन । त्यो उदयपुरका जनताले र उदयपुर कांग्रेसको अथक मेहनतले पाएको सफलता हो । त्यस्को श्रेय बिदुर बस्नेतले पनि लिन सक्थे । तर तिनै मन्त्री हिमाल कार्की सँग सभापतिमा प्रतिस्पर्धा गर्न तत्पर बिदुरबाबुको राजनैतिक उदारता र सफलता कार्यकर्ताले देख्न पाएनन ।

यता प्रदेशको माननीय भएर मन्त्री समेत भई सकेका हिमाल कार्कीले पनि जिल्ला सभापति पदलाई नै सफलताको शिखर सम्झिएका छन । अब हिमाल कार्कीको सफलता जिल्ला सभापति हैन प्रदेशको मुख्यमन्त्री हुने वा संघको माननीय भएर मन्त्री हुने हो । एक पटक जिल्लाको नेतृत्व पनि सम्हाली सकेका हिमाल कार्किलाई हरेक उदयपुरका कांग्रेस र आम जनताले पत्याई सकेका छन । आफ्नो राजनैतिक सफलता, हालै पाएको जिम्मेवारीलाई सदुपयोग गरेर जनताले दिएको साथलाई अर्थपूर्ण बनाउने समय मन्त्री कार्किको आजको समय हो ।

मन्त्री कार्की र बिदुरबाबुले यस पटक दोस्रो पुस्ताका नेतालाई अवसर दिएको भए सभापतिमा वसन्त बस्नेत हुने आकलन सबैको थियो । यदि वसन्त बस्नेत सभापति हुन्थे भने बसन्तको ठाउँमा चौदण्डिका मेयर खगेन्द्र राई क्षेत्रीय सभापतिमा सजिलो गरि अटाउन सक्थे । नगर सभापति भएका प्रकाश खड्का जिल्ला कमिटीमा सचिवको भुमिकामा आएका भए मधेसी समुहबाट देवि चौधरी अथवा सुमन चौधरी नगरमा आउन सक्थे । प्रकाश खड्कामा वाक पटुता राम्रो थियो । उनले जिल्ला कमिटिको सचिव भएर संगठन बिस्तारलाई  सुधृण गर्न सक्दथे । यता सरोज बस्नेतलाई प्रदेशमा सजिलो गरि अटाउन सकिन्थ्यो । जिल्ला तहमा कांग्रेस दुई समूह नदेखिएको हुन्थ्यो भने क्षेत्र नं दुई तर्फपनी त्यस्को असर र दवाव हुदा त्याहा पनि सहमती जुट्न सक्थ्यो ।

कांग्रेसको बिचार, भावी योजना, कार्यदिशामा बिचार बिमर्श नै नगरी आफू खुसी ढंगले नेताले गरेको यो मनोमानीले अब आउने कांग्रेसका नयाँ पिडिले पनि यो दशा भोग्नु पर्ने निश्चित छ । कांग्रेसको वडा सभापतिमा एक आपसमा प्रतिस्पर्धा गरेर निर्वाचन भए पछि वडा अध्यक्षको चुनावमा त्यहीँ रिसिपी साध्न एक अर्कालाई असयोग गर्ने प्रचलनको बिकाश भएको छ । कांग्रेसको राजनीति गरेर कांग्रेसका उम्मेदवारलाई हराउने प्रपन्च रच्ने कांग्रेसीहरुबाट संगठन को बिस्तार हुन सक्ला ? यस्तो कांग्रेस निर्माण गर्न अग्रसर नेताहरुबाट कांग्रेसको संगठन सुधृण होला ? यी तमाम कुराको उत्तर नखोजे सम्म कांग्रेस महाधिवेशनको औचित्य हुदैन त्यसैले कांग्रेस अधिबेशनलाई प्रतिष्ठाको लडाई हैन बैचारिक बनाउन जरुरी छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।