रामचन्द्र पौडेलको शेखर र प्रकाशमानलाई भावुक प्रस्ताव– तपाईंहरु नमिल्ने भए म कांग्रेसबाट बिदा हुन्छु

Logo
बुधबार, मंसिर २२, २०७८

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिका चार आकांक्षी नमिल्ने अवस्था भए आफू पार्टीबाटै बिदा हुन सक्ने बताएका छन् ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेको नेता डा. रामशरण महतले जानकारी दिए ।

“सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, अलग हुन्छु म अब घरमै आराम गर्छु भनेर भन्नुभयो,” नेता महतले पत्रकारसँग कुरा गर्दै भने, “अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन । सबैजना आ आफ्नो अडानमा हुनुहुन्छ ।”

पौडेलले भने केही प्रतिक्रिया दिएका छैनन् । महतका अनुसार पौडेलले एउटै उमेदवार बन्ने भए आफू त्याग गर्न तयार रहेको तर कसैले पनि अडान नछाड्ने हो भने आफूसँग दुईवटा विकल्प रहेको बताएका थिए ।

उनका दुई विकल्प मध्य एउटा सबैसँग उमेदवार हुने, अर्को पार्टीबाट बिदा लिएर घरमा बस्ने । उनले संस्थापनइतर समूहबाट एकजनामात्रै उमेदवार बन्नुपर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।