कांग्रेसको राजनीतिक लक्ष्यसहित गगन थापाले सार्वजनिक गरे अवधारणापत्र (पूर्णपाठसहित)

Logo
बिहिबार, मंसिर २३, २०७८

नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहिबार आयोजित कार्यक्रममा उनले १४ औं महाधिवेशनमा महामन्त्रीको उमेदवारी घोषणा गरेका हुन्।

महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरे। उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको बताए।

शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा राज्यले लगानी गरेर सबै नागरिकको सहज र समान पहुँचको व्यवस्था गर्नुपर्ने भन्दै उनले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागु गर्नुपर्ने बताए।

१५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले २०७८ सालपछि कांग्रेसले समुन्नत नेपाल : सम्मानित नेपाली गराउने गरी कार्यक्रम बनाउनुपर्ने बताए । तर, यसका लागि गरिने लगानीबारे स्पष्ट हुनुपर्ने र यसको तयारी कांग्रेसले गर्ने उनको भनाइ छ ।

नेता थापाले सो कार्यदिशालाई अघि बढाएर जनताले आगामी निर्वाचनमा कांग्रेसलाई रोज्न र छान्न सक्ने बनाउन आफूले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको पनि स्पष्ट पारे।

आफ्ना अवधारणा–पत्र सार्वजनिक गर्दै उनले चुनाव आफैं जित्ने जनताको रोजाईको काँग्रेस बनाउने योजनाका साथ आफू अघि बढेको पनि बताए।

‘अव चुनाव जितिन्छ, जितिन्छ भनेर भाषण गर्नै पर्दैन। चुनाव आफैं जितिन्छ। आफैं आउँछन मतदाता। लाईन लागेर आउँछन्। कांग्रेसलाई छान्न आउछन्, रोज्न आउँछन्। काँग्रेस त्यो छान्न मन लाग्ने, रोज्न मन लाग्ने, काँग्रेससँग जोडिन मन लाग्ने काँग्रेस बनाउने हो,’ उनले भने, ‘त्यो कांग्रेस बनाउने कुरा हाम्रो मिसनले बनाउँछ । हाम्रो कार्यक्रमले बनाउँछ । यो सँगसँगै महामन्त्रीको अर्को काम भनेको पार्टीको व्यवस्थापन पनि हो ।’

हेर्नुहोस् पूर्णपाठ

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।