शेखर कोइरालाको नेतृत्वमा कांग्रेसमा अपेक्षित बदलाव ल्याउन सकिन्छ : गगन थापा

Logo
शनिबार, मंसिर २५, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले डा शेखर कोइरालाको नेतृत्वमा कांग्रेसमा आफूले अपेक्षा गरेको बदलाव ल्याउन सकिने बताएका छन्।

जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले काम गर्न सहज टिम निर्माण भएको उल्लेख गरेका हुन्।

उनले भने, ‘डा शेखर कोइरालाको नेतृत्वमा पार्टी रहँदै गर्दा हामीले जे बदलाव ल्याउन खोजेका छौं, त्यसअनुसार काम गर्न सहज हुन्छ।’ पार्टीभन्दा बाहिरका मान्छेले पनि हेर्दाखेरि पार्टीको व्यक्तित्व निर्माणमा कोइरालाको नेतृत्वले मद्दत पुग्ने आफूले ठानेको उनले बताए।

अन्य नेताहरुका बारेमा टिप्पणी नगर्ने बताउँदै नेपाली कांग्रेसलाई राम्रो बनाउने प्रयासमा मतदाताले सघाउने विश्वास व्यक्त गरे। उनले भने, ‘ पार्टीमा बदलाव ल्याउने हाम्रो साझा प्रयास रहन्छ। मतदाता साथीहरुले पर्सी आफ्नो निर्णय प्रस्तुत गर्नुहुनेछ।’

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]