बोहराटारमा देउवा-पौडेलबीच के भयो कुराकानी ?

Logo
आइतबार, मंसिर २६, २०७८

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सभापतिमा उम्मेदवारी दिएको केही घन्टापछि पौडेल निवास बोहराटार पुगेर देउवाले पौडेलसँग कुराकानी गरेका थिए।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार उम्मेदवारको मनोनयन दर्ता भएको थियो। देउवाले फेरि एक कार्यकाल सभापति हुने इच्छा गरेका छन्। देउवाले सभापतिमा उम्मेदवारी दिएका छन्।

सभापति देउवाले पौडेललाई राजनीतिबाट बाहिर नजान आग्रह गरेका थिए। ‘देशका लागि अझै तपाईंको आवश्यकता छ। राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस्,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘स्वास्थ्य राम्रो राखेर बस्नु।’

जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्शबाहिर गएर प्रतिस्पर्धा भइरहेको बताएका थिए। ‘सिद्धान्त र आदर्शभन्दा बाहिर गएर प्रतिस्पर्धा भइरहेका छन्। अस्वस्थ प्रतिस्पर्धा हुने देखेर नै म महाधिवेशन प्रक्रियाबाट बाहिरिएको हुँ,’ पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

उनले उम्मेदवारी दर्ता गरेकाहरूलाई स्वस्थ प्रतिस्पर्धामा उत्रन पनि आग्रह गरेका थिए। पौडेलले यसपालि सभापतिमा उम्मेदवारी दिएका छैनन्। उनी आफ्नो समूहबाट एक जना मात्रै सभापतिमा उम्मेदवारी दिन चाहन्थे तर प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दिए।

शनिबार विज्ञप्ति जारी गर्दै पौडेलले आफूले सभापतिमा उम्मेदवारी नदिने बताएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]