उदयपुर – नेपाली कांग्रेस उदयपुरको १४ औं महाधिवेशन पछि पहिलो जिल्ला कमिटी बैठक बसेको छ । नेपाली कांग्रेस उदयपुरको पार्टी कार्यलय गाइघाटमा कांग्रेस उदयपुरका जिल्ला सभापती हिमाल कार्कीको सभापतित्वमा पुर्ण निर्वाचित सदस्यको उपस्थितिमा बैठक बसेको हो ।
माहाधिबेशन पछिको पहिलो पुर्ण बैठकले भर्खर सम्पन्न महाधिवेशनको समीक्षा, पार्टी र कार्यलय संचालनका निमित्त लेवि उठाउने, जिल्ला पार्टी कार्यलयको भवन निर्माण गर्दा आर्थिक तथा अन्य सहयोगीहरुको नाम शिलालेखमा लेख्ने र पार्टीको प्रत्यक महिनाको १४ गते नियमित बैठक बस्ने लगायतका बिषयमा छलफल तथा निर्णय भएको सभापती हिमाल कार्कीले बताए ।
प्रदेश १ सरकारका भौतिक तथा पुर्वाधार बिकाश मन्त्री समेत रहेका सभापती कार्कीका अनुसार बैठमा जिल्ला भन्दा तलका कमिटिहरुलाई चलायमान बनाएर लैजान सकृय भएर लाग्न र जिल्लाका दुबै क्षेत्रलाई मेलमिलाप दिवस मनाउने बिषयमा छलफल भएको छ ।