उच्च अदालत बिराटनगरले रसाइलिलाई तोक्यो कार्यबाहक अध्यक्ष

चुडामणी कार्कीको मुद्दा नै खारेज
Logo
मंगलबार, पुष १३, २०७८

उच्च अदालत बिराटनगरले त्रियुगा उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष रमेश रसाइलीलाई कार्यबाहक अध्यक्ष सहित बाणिज संघका सम्पूर्ण कामकारवाही सहितबैंक खाता संचालन गर्न दिन जिल्ला प्रशासन कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र तेज नारायण सिंह राईको इजलासले मंगलबार रसाइलीले त्रियुगा उद्योग बाणिज्य संघमा कार्यबाहक अध्यक्ष रुपमा आज सम्म गर्दै आएका सम्पूर्ण कामकारवाही लाई कार्यन्वयन गर्न गराउन र बैंक खाता संचालन गर्न दिन अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालत बिराटनगरको आदेशमा भनिएको छ, ‘बैंक खाता संचालन गर्न सिफारिस दिने क्रममा स्वयम जिल्ला प्रशासन कार्यालय उदयपुरले रमेश रसाइलिलाई कार्यवाहक अध्यक्ष स्वीकार गरि सकेको र उद्योग बाणिज्य संघ आफैमा स्वायत्त संस्था भएको हुदा उसको बिधान अनुसार रमेश रसाइली कार्यबाहक अध्यक्ष रहने ब्यबस्था भएको हुदा कामकारवाही गर्न दिनु, बैंक खाता संचालन गर्न दिनु र सुचना कार्यन्वयन नगर्नु’

संघको विधान बमोजिम कार्यवाहक अध्यक्ष रसाइलीको नेतृत्वमा चल्दै आएको संघलाई खारेज गर्ने गरी प्रशासनले सुचना जारि गरि कदम चाले पछि सो निवेदनका विरुद्धमा संघको तर्फबाट रसाईली नेतृत्वको बहुमत पदाधिकारी पक्षले उच्च अदालतमा रिट हालेको थियो । सो रिटको सुनुवाईपछि आज फैसला भएको हो ।

संघको एक पक्षले रसाईलीलाई कार्यवाहक अध्यक्ष नै अस्विकार गर्दै कथित ब्याबसायी हरुको स्वतन्त्र संघर्ष समितिले विभिन्न गतिविधि गर्ने विभिन्न पत्रपत्रिकामा भ्रमपूर्ण सुचना जारी गर्ने काम भइरहेको थियो । सो कुरालाई पनि उच्च अदालत बिराटनगरको सोहि इजलाशले आजै रोक लगाउन अन्तरिम आदेश दिएको छ। उच्च अदालतले संघको विधान बमोजिम कार्यवाहक अध्यक्ष बनेका रसाईली नेतृत्वले गरेको संघको काम तथा साधारण सभाको तयारी सहि प्रमाणीत गरिदिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय उदयपुरसमेतलाई विपक्ष बनाई उच्च अदालतमा मुद्दा दिएका निवर्तमान महासचिव चुडामणी कार्कीको मुद्दा खारेज भएको छ ।

आफुहरुको हक हनन् भएको भन्दै दिएको निवेदनमा कुन हक हनन् भयो भन्ने नै नदेखिएको र त्रियुगा उद्योग वाणिज्य संघ संस्था ऐन २०३४ बमोजिम स्थापित संस्था, आप्mनै विधान बमोजिम चलेको पाइएपछि कार्कीको मुद्दा खारेज भएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry