नेपाली कांग्रेसको ४६ औं मेलमिलाप दिवसमा वनभोज तथा शुभकामना आदनप्रदान कार्यक्रम गरिदै

Logo
बिहिबार, पुष १५, २०७८

नेपाली कांग्रेसका संस्थापक नेता बिपि कोइरालाले सुरुगरेको मेलमिलाप दिवसको अवसर पारेर उदयपुरको गाइघाटमा ४६ औ मेलमिलाप दिवस मनाइने भएको छ ।

मेलमिलाप दिवसका अवसरमा भर्खरै सम्पन्न महाधिवेशनलाई समेत मध्यनजर गर्दै नेपाली कांग्रेसका नेता बसन्त बस्नेतको नेतृत्वमा शुभकामना आदनप्रदान लागि वनभोजको कार्यक्रम र मेलमिलाप दिवस कार्यक्रम गर्ने भएको हो ।

वनभोज कार्यक्रममा जिल्ला भरका सबै कांग्रेसका कार्यकर्ता तथा सुभेच्छुकहरुलाई निमन्त्रणा गरिएको नेता वसन्त बस्नेतले बताए ।

बनभोज कार्यक्रम सिर्प महाधिवेशनमा संलग्न भएका सबै कांग्रेसका कार्यकर्ता तथा प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिनका लागि आयोजना गरेको नेता बस्नेतले बताए ।

उनले भने ” भर्खरै वडा देखि केन्द्र सम्मको महाधिवेशन सकिएको छ, महाधिवेशनमा भाग लिएका सम्पुर्ण कार्यकर्ता र प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिनका निमित्त सजिलोका लागि मेलमिलापका दिन वनभोजको कार्यक्रम राखिएको हो ।”

यता जिल्ला कार्यसमिति उदयपुरको निर्णय अनुसार प्रतिनिधिसभा क्षेत्रमा समेत ४६ औं मेलमिलाप दिवस मनाइने भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]