नेकपा एमाले उदयपुरमा तीन समुह

Logo
बुधबार, पुष २१, २०७८

नेकपा एमाले उदयपुरको आशन्न ८ औ अधिवेशनका लागि जिल्लाको नेतृत्व लिन तिन समूह भएर निर्वाचन लड्ने भएका छन ।

नेकपा एमालेको बिधान अनुसार समूह बनाएर निर्वाचन लड्न नपाउने ब्याबस्था अनुसार नेतृत्वका लागि तीन आकांक्षी देखिँदा आकांक्षी नेताहरु आन्तरिक रुपमा समूह बनाएर निर्वाचनमा जान लागेका हुन ।

कुन नेता कुन समुहको भनेर आधिकारिक घोषणा गरेर निर्वाचनमा नगए पनि आन्तरिक रुपमा भने समूह बन्ने एक नेताले बताए । ति नेताका अनुसार अहिले जिल्लाको नेतृत्व लिनका लागि देखिएका आकांक्षीहरु नेकपा एमाले उदयपुरका सचिव प्रमेश घिमिरे, सदस्य कुशल बाबू बस्नेत र सदस्य कालू लामा रहेका छन ।

पौष १६ गते अधिबेशनका सन्दर्भमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष इश्वरमणि राउतले जिल्लाको नेतृत्व चयन सर्वसम्मत गरिने बताएका थिए । नेतृत्व लिनका लागि धेरैको आकांक्षा देखिए लोकतान्त्रिक विधि र पार्टीको विधि अनुसार कुनै समूह नबनाई एक्ला एक्लै निर्वाचनमा जानू पर्ने बताएका थिए ।

अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिब र दुई उपसचिब गरी १०५ जनाको जिल्ला कमिटी बन्ने छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]