गुटबन्दी रहित सुधृण पार्टी निर्माणका लागि मेरो उम्मेद्वारी : खगेन्द्र पोखरेल

Logo
बुधबार, पुष २१, २०७८

स्वागत छ यहाँलाई सोलुसन सम्बादमा
धन्यवाद मेरा आफ्ना धाराणा राख्न अवसर दिनु भएकोमा

जिल्लाको ८ औ अधिबेशनको सम्मुख हुनु हुन्छ । तपाइँ पनि जिल्ला कमिटी सदस्य हुनुहुन्छ यस पटक तपाइँको आकांक्षा के मा हो ?

म नेकपा एमाले उदयपुरको हालको जिल्ला कमिटी सदस्य हु । स्वाभाविक रुपमा मेरो आकांक्षा त्यो भन्दा माथि हुन्छ त्यसो हुदा उपसचिवको रुपमा आफुलाई तयारी गरेको छु ।

केन्द्रमा त ओलिले भने बमोजिमका मान्छेहरु आए । यहाँ पनि त्यस्तै कोठा बाट चुनिने अबस्था छ कि छैन ?

केन्द्रमा अध्यक्ष कम्रेड केपि ओलि लगभग सर्वसम्मत हुनुहुन्थ्यो, त्यस पछि अन्य पदमा भने अध्यक्ष ओलीले योग्य र पार्टी संचालनमा सहयोग पुग्ने गरि अन्य पदकालागि नाम सिगारिस गर्नु भयो उहाँहरुलाई सबैले अनुमोदन गरेको हो कोठा बाट नै चुनेको त हैन ।

त्यसरी ओलीले गरेका सिफारिसमा एमालेका शिर्ष तहमा रहेका कति पय नेता छुटे नि?

हामी यो बिचमा केही पार्टी भित्र संक्रमण कालिन अबस्थामा गुज्रीयोँ । त्यो अबस्थामा पार्टीलाई बचाउन अग्रभागमा रहेर काम गर्नु भएका कति पय नेताहरु अहिले मुख्य जिम्वेवारिमा आउनु भयो । तर पनि पहिले मुख्य भुमिकामा रहनु भएका नेताहरुलाई पनि छाडिएको त छैन नि त ।

केन्द्रका कुरा छाडौ, त्यसो भए केन्द्रमा जस्तो जिल्लामा हुदैन ?

केन्द्रमा पनि अध्यक्ष, महासचिव, सचिव पदका लागि निर्वाचन भएकै हो ।  नेतृत्व सहित सबै पदाधिकारी देखि लिएर सम्पुर्ण जिल्ला कमिटिलाई नै सर्वसम्मत गर्ने गरि छलफलमा छौ । सके सम्म सर्वसम्मत गर्छौ नत्र लोकतान्त्रिक विधि र पार्टीको बिधान अनुसार चुनाव हुन्छ ।

चुनाव भएमा पार्टीको विधान अनुसार कसैले पनि समूह बनाएर चुनाव लड्न नपाइने भन्ने छ । तपाईं विधान बमोजिम चुनाव हुदा जिल्ला उपसचिवको उम्मेद्वार हो हैन त ?

हो किनभने । म यस अघि जिल्ला कमिटीमा रहेर काम गरि सकेको छु । लामो समय पार्टीको भात्री संगठन अनेरास्ववियुमा रहेर जिल्लाको नेतृत्व सम्हालेको छु । जिल्लामा मात्र नभएर राज्यको त्यो बेलाको संरचना अनुसार अञ्चलको सहइन्चार्ज भएर अनुभव बटुलेको छु । अनेरास्ववियुकै केन्द्रीय सदस्य भएर युवा विद्यार्थीहरुलाई पार्टी प्रती आकर्षित गर्दै पार्टीलाई देशकै एक नम्बर बनाउन योगदान गरेको छु ।

तपाइँ उपसचिवको उम्मेदवार हुँदै गर्दा तपाईले उपसचिवको दावी गर्नुका कारण खुलाई दिनुस न ?

म नेकपा एमालेको संगठनमा लागेको नै दुई दशक भयो । म राजनीतिलाई नै आफ्नो करियर बनाएर संगठनमा लागेको छु । संगठनका हरेक गतिविधिमा आफुलाई अग्रणी भुमिका राखेर काम गर्दै आएको छु । देशका राजनैतिक परिवर्तनहरुमा युवाहरुको निर्णायक भुमिका रहको छ त्यस्मा म पनि सहभागी छु । जता ततै नेतृत्व तहमा युवाहरुको सहभागिताको कुरा उठिरहेको बेला पुराना अग्रज नेताहरुको सल्लाह सुझाव र युवाहरुको अनुरोधमा आफ्नो उर्जाशिल समय पार्टीमा खर्च गरि पार्टीलाई एक नम्बर बनाउने दृढ संकल्पका साथ नेकपा एमाले उदयपुरको ८ औं अधिबेशनमा आफुलाई उपसचिव पदमा मेरो उम्मेदवारी हो ।

तपाइँ उपसचिव पदमा भए पश्चात के गर्नु हुन्छ ?

पहिको त म पार्टीलाई एक नम्बर पार्टी बनाउने बिषयमा संगठनलाई बिस्तार गर्न लाग्ने छु । पार्टी भित्र युवाहरुको व्यापक सहभागितालाई जोड दिने छु । म पार्टी भित्र हुने गुटबन्दी अन्त्य गर्नका लागि प्यानल बनाएर चुनाव लड्नेका बिरुद्ध हुने छ र पार्टीलाई एक ढिक्का बनाएर लैजान सदैव लाग्ने छु।  लगनशिल र पार्टीलाई समय दिने खाले कार्यकर्ताको आजको आबश्यकता हो  । पार्टीको बिधान अनुसार पार्टीको मार्ग दर्शक शिद्धान्त जनताको बहुदलिय जनवादलाई जनता मन मस्तिष्कमा पुर्याउने गरि काम गर्ने छु ।

अन्तमा केही भन्न चाहानु हुन्छ ?

अन्तमा मेरो एक नारा छ । त्यो के भने “अग्रज को सम्मान,युवालाई साथ । जोगाउन लागौं एमाले को शाख ।। यो चै मेरो ब्यक्तिगत नारा हो र यो समग्र युवाहरुको प्रतिनिधित्व गर्ने र पार्टीको पक्षमा छ भन्ने लाग्छ । अन्तमा आयोजक कमिटीमा रहनु भएका सम्पुर्ण कम्रेडहरु, ८ पालिकाका ७५ वटै वडा बाट प्रतिनिधि चयन भएर आउनु भएका सम्पुर्ण कम्रेडहरुमा युवा नेतृत्व ल्याउन सबैले सहयोग गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु ।

हस समय र सम्बादको लागि, उपसचिव पदको प्रत्यासी हुनुहुन्छ सफलता मिलोस धन्यबाद

हस समय र आफ्ना कुरा राख्ने अवसर दिनु भएकोमा सोलुसन अनलाइन टिमालाई पनि धन्यवाद

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।