भारतमा गैर सरकारी संस्थामाथिको प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम बढ्दो

Logo
बिबिसी हिन्दी बुधबार, पुष २१, २०७८

काठमाण्डाै – भारतमा गैर सरकारी संस्था (ngo)माथि प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम बढेको छ । सन् २०१४ मा नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री बनेयता दलित, जनजाती, मुश्लिम, अल्पसंख्यक लगायतका समूहको हितका लागि खोलिएका गैर सरकारी संस्थामाथिको प्रतिबन्ध र अनुमतिपत्र रद्द गर्ने क्रम तीव्र बनेको बीबीसी हिन्दीले जनाएको छ ।

गरिबको लागि काम गर्ने भनेर दर्ता भएका एक सय ७९ वटा संस्थाको अनुमतिपत्र खारेज भएको र पाँच हजार सात सय ८९ वटा संस्थाको अनुमतिपत्र नवीकरण नभएको खबरमा उल्लेख छ ।

मदर टेरेसाद्वारा स्थापित मिसिनरी अफ च्यारिटी, अक्सफाम इण्डिया, जामिया मिल्लिया इस्लामिया जस्ता संस्थादेखि आन्ध्र प्रदेशमा राष्ट्रिय स्वयंसेवक दललाई मद्दत गर्ने संस्था र त्रिपुरामा इर्साइकरणको विरोधमा काम गर्ने संस्था पनि सरकारी निशानामा परेका छन् ।

स्तम्भकार तथा तथा एमनेष्टी इन्टरनेश्नलका पूर्व कार्यकारी निर्देशक आकार पटेलले भारतमा मोदी सरकारको उदयपछि हिन्दुवादी संगठनको दबदबा बढेको र यस्तै संस्थाको दबाबमा सरकारले गैरसरकारी संस्थामाथि प्रतिबन्ध लगाएको बताएका छन । उन्ले भारतमा लोकतान्त्रिक शासन व्यवस्था भएको दाबी गरिए पनि सरकार पुरै निरंकुश रहेको बताएका छन ।

गैरसरकारी संस्थाको नियमन र फण्ड सम्बन्धि सन् २०२० मा संशोधन भएको कानुनले गैरसरकारी संस्थालाई विदेशी अनुदान लिन पाउने व्यवस्था त गरेको छ तर साम्प्रदायिक सद्भाव नबिगार्ने, हिंसा गर्ने समूहलाई सहयोग दिन नपाइने, भारतको अखण्डता र एकतामा चोट नपुर्‍याउने ग्यारेण्टी हुनुपर्छ ।

विदेशी अनुदानलाई निकै कडाइ पारिएको छ । लिगल राइट अब्जरभेटरी एलआरकोका संस्थापक संयोजक विनय जोशीले भारतमा शिक्षाको लागि लिएको विदेशी अनुदान स्वास्थ्य र अन्य क्षेत्रमा खर्च गर्न नपाउने जस्ता निकै कडा नियम रहेको बताएको खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

बरिष्ठ संबाददाता : पर्शुराम थापा

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।