![Logo](https://www.solutionkhabar.com/wp-content/uploads/2020/11/solutions-logo-png.png)
![](https://www.solutionkhabar.com/wp-content/uploads/2021/12/gagan16390476961639052801.jpg)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् ।
बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् ।
महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताए । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन’ उनले भने, ‘सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरो बोल्नुभएको थियो, त्यो पालना भएन ।’
थापाले शेखर कोइरालालाई बेवास्ता गरेर पार्टी नचल्ने पनि बताए । महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्नु दम्भ हुने जिजिर गरे ।
पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने पनि थापाले बताए । आफूले सभापति शेरबहादुर देउवालाई यो कुरा सम्झए पनि बेवास्ता गरेको उनले बताए ।