कांग्रेस र पार्टी नेतृत्वले गलती गरे आफू र गगन थापालाई प्रश्न गर्न महामन्त्री शर्माको आग्रह

Logo
बुधबार, पुष २१, २०७८

पुष २१ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबका दिनमा काँग्रेसले कुनै गल्ती कमजोरी गरे आफु र गगन थापालाई प्रश्न गर्न आव्हान गरेका छन ।

नेपाली काँग्रेसको झापा क्षेत्र नं. १ को क्षेत्रीय समितिको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अब काँग्रेसले विधि र बिधान बिपरित काम गरेको पाए सभापतिलाई नभएर आफू र गगन थापालाई प्रश्न आग्रह गरेका हुन ।

सभापति शेरबहादुर देउवाले काँग्रेसलाई बलियो बनाउने र रुपान्तरण गर्ने बिषयमा आफुहरुलाई सहयोग गर्ने बचन दिइसकेको समेत महामन्त्री शर्माले बताए । उनले भने ” सभापतिले कांग्रेस बलियो बनाउन र कांग्रेस रुपान्तरणको हाम्रो कुरालाई साथ दिन्छु भन्नू भएको छ, कांग्रेस रुपान्तरणका लागि कांग्रेस विधि र बिधान सम्मत चल्नु पर्छ नचले हामिलाई भन्नुहोस ।”

कार्यक्रममा बोल्दै माहामन्त्री शर्माले राष्ट्रबादलाई ब्याक्तिले आफू अनुकुल हुने गरि गलत तरिकाले ब्याख्या गरेको बताउँदै देशको समृद्धिका लागि बैदेशिक सहयोग आवश्यक रहेको बताए । माहामन्त्री शर्माले एमसिसिको प्रसङ्गको चर्चा गर्दै भने, “नेपाल कुनै पनि देशको सैन्य रणनितिमा सहभागि हुँदैन तर एमसिसिको बारेमा गहन अध्ययन गर्न सबैलाई आग्रह गर्दछु ।”

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]