देउवाको अघोषित दुत बनेर ओलीलाई भेट्न बालाकोट पुगे नेता रामचन्द्र पौडेल

Logo
बुधबार, पुष २१, २०७८

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

बुधबार साँझ ओली निवास बालकोट पुगेर नेता पौडेलले लामो समयसम्म संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भएकाले वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरेका छन् ।

जवाफमा अध्यक्ष ओलीले अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई राखेर चलाइरहेको संसदको अवरोध कायमै राख्ने बताए ।

सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले आफूले बालकोट पुगेर ओलीँग आग्रह गरेको पौडेलले बताए ।

१४ औं महाधिवेशन पछि नेता पौडेल प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादु देउवासँग नजिकिएका छन् ।

शेखर कोइराला पक्षले संस्थापन इतरको भेला गरिरहेका बेला पौडेल देउवाको अघोषित दुत बनेर बालकोट पुगेका हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल
सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सोलुसन खबर  मिडिया ग्रुप  प्रा.लि.
सूचना बिभाग दर्ता नं. : – २१५१/०७७-७८
ठेगाना :- उदयपुर गाईघाट
सम्पर्क : – ९८४०१६५५३५
इमेल :- [email protected]
[email protected]